बाँके–३ मा एमालेको प्रारम्भिक अग्रता

बाँके–३ मा दुई हजार १७५ मत गणना हुँदा नेकपा एमालेका किस्मतकुमार कक्षपतिले ९८४ मत पाएका छन्।

काठमाडौँ– बाँके–३ मा नेकपा एमालेका किस्मतकुमार कक्षपतिले सुरूआति अग्रता लिएका छन्।

दुई हजार १७५ मत गणना हुँदा कक्षपतिले ९८४ मत पाएका छन्। नेपाली कांग्रेसका किशोरसिंह राठौर ६८३ मतसहित दोस्रो स्थानमा छन्।

यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका देवेन्द्रनाथ शुक्लाले २६२ मत प्राप्त गरेका छन्। यहाँ ७४ हजार २१३ सेको छ।