झापामा हात्तीको आक्रमणबाट १ जनाको मृत्यु

हात्तीको आक्रमणबाट शिवसताक्षी–११ दुधेका ४५ वर्षीय मेघराज राईको मृत्यु भएको छ। हात्तीले मध्यरातमा घर भत्काउन थालेपछि धपाउने क्रममा उनलाई आक्रमण गरेको थियो । 

बनियानी– हात्तीको आक्रमणबाट झापाको शिवसताक्षी नगरपालिकामा शुक्रबार बिहान एक जनाको मृत्यु भएको छ। 

शिवसताक्षी–११ दुधेका ४५ वर्षीय मेघराज राईको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ। कार्यालयका प्रवक्ता खगेन्द्र रिजालका अनुसार हात्तीले मध्यरातमा घर भत्काउन थालेपछि धपाउने क्रममा राईलाई आक्रमण गरेको र उनको  घटनास्थलमा नै मृत्यु भएका थियो । 

हात्तीको तोडफोडबाट एक लाख ५० हजार रुपैयाँ बराबरको क्षति भएको प्रहरीले जनाएको छ। योसँगै झापामा चालू आर्थिक वर्षमा हात्तीको आक्रमणबाट चार जनाको मृत्यु भइसकेको छ।