बर्दघाट सुस्तापूर्वका विभिन्न चार क्षेत्रमा गरी एक हजार ६८ घरधुरी कबुलियत वनमा आबद्ध भएर अम्रिसो खेती गर्दै आएका छन्। अम्रिसो बिक्रीबाट प्राप्त आएको रकम प्रतिघर बाँड्ने गरिएको छ।
मध्यबिन्दु– नवलपरासी (बर्दघाट सुस्तापूर्व)को पहाडी क्षेत्रमा रहेका कबुलियत वनमा लगाइएको अम्रिसोबाट तीन करोडभन्दा बढी आम्दानी भएको छ।
गत आर्थिक वर्षमा सो वनमा लगाइएको अम्रिसोबाट २५१ मेट्रिक टन अम्रिसो उत्पादन भएको थियो। यसबाट तीन करोड २६ लाख ३५ हजार रुपैयाँ आम्दानी भएको डिभिजन वन कार्यालय नवलपुरका सूचना अधिकारी हरिप्रसाद गौतमले जानकारी दिए।
“डिभिजन वन कार्यालयले वनमा आश्रित घरपरिवारलाई आयमूलक पेसामा जोड्न पहाडी क्षेत्रमा अम्रिसो खेतीलाई प्रोत्साहन गर्दै आएको छ,” उनले भने, “यसै वर्ष ५५ हजार बोट अम्रिसोको बिरुवा पहाडी क्षेत्रमा वितरण गरी रोपिएको छ। यसले थप क्षेत्रफल बढ्ने र क्रमशः अम्रिसोबाट हुने आम्दानी बढाउँदै लैजाने छ।”
अम्रिसो व्यापारीले खरिद गरी भारत, बंगलादेशसम्म निर्यात गर्ने गरेका छन्। यसबाहेक स्थानीय बजार कावासोती, दलदले, नारायणगढ र बुटवलमा पनि कुचो बिक्री हुने गरेको छ। पहाडी क्षेत्रको जीविकोपार्जनमा अम्रिसो वरदानजस्तै बनेको कबुलियत वन जिल्ला सुपरभाइजर तुलबहादुर रानाले बताए।
उनका अनुसार जिल्लाको पहाडी क्षेत्रलाई चार भागमा विभाजन गरी यहाँ रहेका कबुलियत वनमा अम्रिसो खेती लगाउने गरिएको छ। यसअनुसार हुप्सेकोट गाउँपालिकाको राम्चे क्षेत्रमा १९ वन समूह छन्। यी वन समूहमा अम्रिसो खेती गर्ने घरधुरी संख्या १९० छ। बौदीकाली गाउँपालिकाको रुचाङ क्षेत्रका २५ वन समूहमा २२८ घरधुरी, बुलिङटार गाउँपालिका क्षेत्रका २५ समूहमा ३२५ र हुप्सेकोट क्षेत्रका २५ समूहमा ३२५ घरधुरी अम्रिसो खेतीमा आबद्ध छन्।
“चार क्षेत्रमा गरी एक हजार ६८ घरधुरी कबुलियत वनमा आबद्ध भएर अम्रिसो खेती गर्दै आएका छन्,” उनले भने, “सामूहिक रूपमा अम्रिसो खेती गर्ने र आएको रकम प्रतिघर बाँड्ने गरिएको छ।” नवलपरासी (बर्दघाट सुस्तापूर्व)को पहाडी क्षेत्रमाका अधिकांश सर्वसाधारणको आम्दानीको बलियो स्रोत अम्रिसो रहेको हुप्सेकोट गाउँपालिका–५ का वडाअध्यक्ष पदमबहादुर रानाले बताए। “केही वर्ष पहिलेसम्म नांगा पाखाका रूपमा रहेको पहाड अहिले आम्दानीको स्रोत बनेको छ,” उनले भने, “बर्सेनि अम्रिसोको कुचो बिक्री गरेर एक परिवारले तीन लाख रुपैयाँसम्म आम्दानी गर्ने गरेका छन्।”
हुप्सेकोट–५ राम्चेका श्यामबहादुर राईले पनि अम्रिसो बेचेर वार्षिक करिब ९५ हजार आम्दानी गर्ने गरेको बताए। “धान लगाउने खासै ठाउँ छैन। सबै पाखोबारी छ। लगाएको धानले बढीमा चार महिना पुग्छ,” उनले भने, “पहाडको पाखामा अम्रिसो खेती गरी आम्दानी हुन थालेपछि यसबाट चामल खरिद गरेर वर्षभरि खानपुग्ने भएको छ।”
प्रत्येक दुई–दुई वर्षमा काट्न सकिने भएकाले पनि कृषक बर्सेनि फरक–फरक ठाउँमा यो खेती गरेर आम्दानी लिने गरेको बुलिङटार गाउँपालिका–४ देउरालीका मीनबहादुर आलेले बताए। उनले अम्रिसो बिक्री गरेर वर्षको करिब ६० हजार आम्दानी गरिरहेका छन्। “यहाँ पाखोबारी धेरै रहेकाले सिँचाइका लागि आकाशे पानीको भर पर्नुपर्ने अवस्था छ।
यसले अन्य खाद्यबाली गर्न नसकिने हुनाले अम्रिसो खेती गर्ने गरेका छौँ,” उनले भने। प्रत्येक वर्ष जेठ अन्तिमदेखि असार १५ गतेसम्म अम्रिसो लगाउने गरिन्छ। मंसिरदेखि फागुनसम्म अम्रिसो काट्ने गरिएको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
