बरफ जमेको नदीमाथि जहाज अवतरण भएपछि

जहाजमा ३० यात्रु र चालकदलका ४ सदस्य थिए। तर कसैलाई पनि चोटपटक भने लागेन।

बरफ जमेको नदीमाथि जहाज अवतरण भएको सुन्दा तपाईंलाई विश्वास नलाग्न सक्छ। तर बिहीबार रुसमा यस्तै घटना घटेको छ।

सोभियतकालको एन्टोनोव२४ नामको जहाज रुसको सुदूर-पूर्वमा एक विमानस्थल नजिक जमेको नदीमा अवतरण भएको हो। जहाजमा ३० यात्रु र चालकदलका ४ सदस्य थिए। तर कसैलाई पनि चोटपटक भने लागेन।

जहाज जिर्यंका विमानस्थलको धावनमार्गमा अवतरण गर्नुपर्नेमा त्यहाँ नजिकै रहेको कोली नदीमाथि अवतरण भएको थियो। परिवहन अभियोजकले यसको दोष चालक दललाई दिएका बीबीसीले जनाएको छ। 

रसियाको सुदूर-पूर्वमा रहेको साखा रिपब्लिकको राजधानी याकुत्स्कबाट एक हजार १९९ किलोमिटर उत्तरपूर्वमा रहेको जिर्यंकाको लागि जहाज बिहीबार बिहानै उडेको थियो। र याकुत्स्क फर्किनुअघि अर्को शहर स्रेडनेकोलिम्स्क जानुपर्ने थियो।

यात्रुले सामाजिक सञ्जालमा सेयर गरेको भिडियोमा जहाज पूर्वी साइबेरियाको कोली नदीको ठीक बीचमा अवतरण भएको छ। यतिबेला जिर्यंकाको तापक्रम माइनस ४० डिग्री सेल्सियस छ।