सामाजिक विसंगतिमाथि कटाक्ष गर्दै अगाडि बढेको गीतले अन्तिममा भने ‘अझै पनि इमान जमान भएका मानिस भेटिन सक्छन्’ भनेर आशा पनि देखाएको छ।
काठमाडौँ– लोकरक ब्यान्ड नेपथ्यले ‘पचासै वर्षमा’ बोलको गीत सार्वजनिक गरेको छ। गीत र भिडियोमा आफूले बाँचेको कालखण्डको चर्चा गर्ने प्रयास गरिएको छ।
सामाजिक विसंगतिमाथि कटाक्ष गर्दै अगाडि बढेको गीतले अन्तिममा भने ‘अझै पनि इमान जमान भएका मानिस भेटिन सक्छन्’ भनेर आशा पनि देखाएको छ।
गीतको प्रसंग झन्डै छ वर्षअघि शुरू भएको नेपथ्यका मुख्य गायक अमृत गुरुङले सुनाए। “म ५० वर्ष पुगेको बेला तनहुँका अनिल अधिकारीले मलाई एउटा गीत सुनाए। त्यसमा भएका शब्दमध्ये दुई लाइन रमाइलो लाग्यो,” उनले भने, “त्यो परिकल्पनालाई विस्तार गर्दै मैले अन्यत्र सुनेका टुक्का, आफैँले लेखेका केही हरफ मिसाउँदै अगाडि बढाएँ। केही वर्षसम्म परिमार्जन गरेपछि गीत यस रूपमा तयार भएको हो।”
नयाँ–नयाँ प्रयोग रुचाउने अमृतले यो गीतको बीचमा मन्त्रपाठको भावना पनि समेटेका छन्।
गीतलाई नवीन जोशीले म्युजिक भिडियोका रूपमा ढालेका हुन्। नेपथ्यको सर्वाधिक चर्चितमध्ये एक ‘रेसम’ गीतको म्युजिक भिडियो दुई दशकअघि बनाएका नवीनले ब्यान्डका लागि तयार पारेको यो दोस्रो म्युजिक भिडियो हो।
“नेपथ्यका नयाँ र पुराना झलकलाई टेलिभिजन प्रविधिको विकासक्रम समेट्दै परिवर्तनशील समयको विम्बका रूपमा प्रस्तुत गरेको छु,’ नवीनले भने।
नेपथ्यको एघारौँ एल्बमका लागि तयारी चलिरहेको बेला ब्यान्डले नयाँ गीत सार्वजनिक गरेको हो।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
