काठमाडौँ जिल्ला निर्वाचन अधिकारी ठाकुर भट्टराईले दशवटै क्षेत्रको मतगणना शुरू भएको जानकारी दिए।
काठमाडौँ- काठमाडौँ जिल्लाका दशवटै निर्वाचन क्षेत्रको मतगणना शुरू भएको छ। काठमाडौँ जिल्ला निर्वाचन अधिकारी ठाकुर भट्टराईले दशवटै क्षेत्रको मतगणना शुरू भएको जानकारी दिए।
“क्षेत्र नम्बर २ मा केही ढिलो भएको थियो। सर्वदलीय सहमति भएर शुरू भइसकेको छ”, उनले भने, “बाँकी क्षेत्रको बिहानैदेखि शुरू भएको हो।”
काठमाडौँ क्षेत्र नम्बर १ को मतगणना बानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा, क्षेत्र नम्बर २ को कागेश्वरी मनोहरा नगरपालिकाको थलीस्थित राधाकृष्ण मन्दिरमा, क्षेत्र नम्बर ३ को गोकर्णेश्वर नगरपालिकाको जोरपाटीस्थित चामुण्डा विद्यालयमा, क्षेत्र नम्बर ४ को बुढानीलकण्ठ नगरपालिकाको चपलीस्थित ज्येष्ठ नागरिक भवनमा शुरू भएको छ।
यस्तै क्षेत्र नम्बर ५ को टोखा नगरपालिकाको श्रीसमाज भवनमा, क्षेत्र नम्बर ६ को तारकेश्वर नगरपालिकास्थित धर्मस्थलीमा, क्षेत्र नम्बर ७ को बालाजुस्थित जुडो हलमा मतगणना भइरहेको छ।
यस्तै क्षेत्र नम्बर ८ को स्वयम्भूस्थित गीतामाता विद्यालयमा, क्षेत्र नम्बर ९ को रविभवनस्थित न्याथम कलेजमा र क्षेत्र नम्बर १० को मतगणना कीर्तिपुरस्थित त्रिवि स्मृति भवनमा मतगणना भइरहेको भट्टराईले जानकारी दिए।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
