मृत्यु हुनेमा दैलेखको महाबु गाउँपालिका ६ का २३ वर्षीय सुजन राउत रहेको ललितपुरका प्रहरी प्रवक्ता प्रहरी उपरीक्षक नवराज कार्कीले जानकारी दिए।
काठमाडाैँ– ललितपुरकाे बालकुमारीमा भएको आन्दोलनका क्रममा एक जनाको मृत्यु भएको छ।
मृत्यु हुनेमा दैलेखको महाबु गाउँपालिका ६ का २३ वर्षीय सुजन राउत रहेको ललितपुरका प्रहरी प्रवक्ता प्रहरी उपरीक्षक नवराज कार्कीले जानकारी दिए। उपचारका लागि किस्ट अस्पतालमा पुर्याइएकोमा उनको अस्पतालमै ज्यान गएको हो। उपरीक्षक कार्कीका अनुसार आन्दोलनमा परेर घाइते भएका अर्का एक जनाको पाटन अस्पतालमा उपचार भइरहेको छ।
रोजगारीको लागि दक्षिण कोरिया जान रोजगार अनुमति प्रणाली (ईपीएस) परीक्षाको विषयलाई लिएर परीक्षार्थीले प्रदर्शन गरेका थिए। त्यसरी आन्दोलित ईपीएस परीक्षार्थीहरूले भाैतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाको गाडीमा आगजनी गरेपछि स्थिति झन् तनावग्रस्त बनेको थियो।
स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले अश्रु ग्यास र गोली चलाएको थियो। अहिले पनि उक्त क्षेत्र तनावग्रस्त छ। त्यहाँबाट प्रहरीले अहिलेसम्म ५४ जना पक्राउ गरिसकेको जनाएको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
