सरकारका प्रवक्ताको जिम्मेवारी सम्हालेकी मन्त्री शर्माले कसैले पनि अराजकतालाई प्रश्रय दिन नहुनेमा जोड दिइन्।
काठमाडाैँ– सूचना तथा सञ्चार प्रविधि मन्त्री रेखा शर्माले मुलुकमा विधिको शासन कायम गर्न सरकार प्रतिबद्ध रहेको दोहोर्याउँदै कुनै पनि हालतमा अराजकता स्वीकार्य नहुने बताएकी छन्।
मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्न मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा मन्त्री शर्माले अराजकता नियन्त्रण गर्नु सरकारको दायित्व भएको बताउँदै त्यसका निम्ति आवश्यक पहलकदमी लिएको उल्लेख गरिन्।
रोजगार अनुमति प्रणाली (ईपीएस)का आन्दोलनरत परीक्षार्थीले शुक्रबार ललितपुरको बालकुमारीमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रीको गाडीमा आगजनी गरेका थिए। आन्दोलनलाई नियन्त्रणमा लिन प्रहरीले अश्रु ग्यास प्रहारदेखि लाठी चार्जसमेत गरेको थियो, जसमा दुई जना प्रदर्शनकारीको ज्यान पनि गएको छ।
सरकारका प्रवक्ताको जिम्मेवारी सम्हालेकी मन्त्री शर्माले कसैले पनि अराजकतालाई प्रश्रय दिन नहुनेमा जोड दिइन्। “जे घटना भयो, त्यो दुःखद् भयो, आफ्ना असन्तुष्टि शान्तिपूर्वक प्रस्तुत गर्न पाइन्छ, सरकारप्रति असन्तुष्टि अभिव्यक्त गर्न पनि पाइन्छ, तर हिंसात्मक गतिविधि मान्य हुँदैन”, मन्त्री शर्माले भनिन्।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
