आइभोरी कोस्ट तथा इंग्लिस प्रिमियर लिग क्लब चेल्सीका पूर्वस्ट्राइकर डिडियर ड्रोग्बा नेपाल नआउने भएका छन्।
काठमाडाैँ– आइभोरी कोस्ट तथा इंग्लिस प्रिमियर लिग क्लब चेल्सीका पूर्वस्ट्राइकर डिडियर ड्रोग्बा नेपाल नआउने भएका छन्।
गत कार्तिक २३ गते नेपाल सुपर लिग आयोजक नेपाल स्पोर्ट्स एन्ड इभेन्ट म्यानेजमेन्टले सामाजिक सञ्जालमार्फत ड्रोग्बा नेपाल आउन लागेको जानकारी दिएको थियो। तर, नेपाल सुपर लिगको फाइनल खेल शनिबार तय हुँदासम्म उनी नेपाल आइपुगेनन्। आयोजकका अनुसार तालिका नमिल्दा उनी यस सिजन नेपाल नआउने भएका हुन्।
उनी नआउने पक्का भएसँगै आयोजकले भारतीय राष्ट्रिय फुटबल टोलीका पूर्वकप्तान भाइचुङ भुटियालाई शुक्रबार ट्रफी अनावरणमा उपस्थित गराएको थियो। भुटियाले २६ वर्षपछि नेपाल आएका हुन्। लामो समयपछि नेपाल आउन पाउँदा खुशी लागेको उनले बताए।
"म आफै २६ वर्षपछि नेपाल आएँ। त्यतिखेर साफ खेल्न यहाँ आएको थिएँ। त्यसपछि म विदेश खेल्न गएँ, आउन पाइनँ। अहिले नेपालमा धेरै परिवर्तन भइसकेको रहेछ," उनले भने।
राजुकाजी शाक्यसहित केही नेपाली खेलाडीको खेल हेरेर आफूले फुटबल खेल्न शुरूआत गरेको पनि उनले बताए। भुटिया सन् १९९७ मा दशरथ रंगशालामा आयोजना भएको साफ गोल्डकपमा सहभागी हुन काठमाडौँ आइपुगेका थिए। उक्त प्रतियोगिताको फाइनलमा भारतले माल्दिभ्सलाई पराजित गर्दै उपाधि जितेको थियो।
फाइनलमा १ गोलसहित उनले प्रतियोगिताभर ३ गोल गरेका थिए। भुटियाले सन् १९९५ देखि २०११ सम्म भारतका लागि खेलेका थिए। कुल ८४ खेल खेल्दा उनले २७ गोल गरेका थिए।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
