तराईमा बिहानैदेखि हुस्सु, उच्च पहाडमा हिमपातको सम्भावना

दिउँसो पनि पहाडी भूभागमा आंशिक बदली रहनेछ। कोशी, बागमती, गण्डकी र कर्णालीको उच्च पहाडी तथा हिमाली भूभागमा हिमपात हुनेछ। 

काठमाडौँ– नेपालमा हाल उल्लेखनीय मौसमी प्रणाली नभए पनि दिउँसोदेखि पश्चिमी वायुको आंशिक प्रभाव पर्ने सम्भावना छ।

जसका कारण पहाडी भूभागमा आंशिक बदली रही बाँकी स्थानको मौसम सफा रहेको छ। तराईका केही स्थानमा हल्कादेखि मध्यम हुस्स लागेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

दिउँसो पनि पहाडी भूभागमा आंशिक बदली रहनेछ। कोशी, बागमती, गण्डकी र कर्णालीको उच्च पहाडी तथा हिमाली भूभागमा हिमपात हुनेछ। 

यसैगरी, राति पहाडी भूभागमा आंशिकदेखी सामान्य बदली रहनेछ। कोशी, बागमती, गण्डकी र कर्णालीको उच्च पहाडी तथा हिमाली भूभागमा राति पनि हिमपात हुने महाशाखाले जनाएको छ।