काठमाडौँ-१ मा प्रकाशमान सिंहको प्रारम्भिक अग्रता

सिंहले ७ सय ५४ मत प्राप्त गरेका छन् भने उनलाई पछ्याउँदै राप्रपाका रवीन्द्र मिश्रको ६ सय ८० मत पाएका छन्।

काठमाडौँ- काठमाडौं क्षेत्र नम्बर १ मा नेपाली कांग्रेसका प्रकाशमान सिंहले अग्रता लिएका छन्। 

उनले ७ सय ५४ मत पाएका छन् भने उनलाई पछ्याउँदै राप्रपाका रवीन्द्र मिश्रको ६ सय ८० मत पाएका छन्। 

त्यस्तै नेकपा एमालेका किरण पौडेलले ४ सय ९६ मत पाएका छन्।

काठमाडौँ-१ को मतगणना बानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा भइरहेको छ।