फेरि विश्वकै धनी व्यक्ति बने एलन मस्क, मायर्स १०० अर्ब डलर कमाउने पहिलो महिला

ब्लुमबर्गको पछिल्लो रिपोर्ट अनुसार मस्कले फ्रान्सेली अर्बपति बर्नाड अर्नाल्टलाई पछि पार्दै पहिलो स्थानमा पुनरागमन गरेका हुन्।

टेस्ला र स्पेसएक्स (साबिकको ट्वीटर) का सीईओ एलन मस्क फेरि विश्वकै धनी व्यक्ति बनेका छन्। 

ब्लुमबर्गको पछिल्लो रिपोर्ट अनुसार मस्कले फ्रान्सेली अर्बपति बर्नाड अर्नाल्टलाई पछि पार्दै पहिलो स्थानमा पुनरागमन गरेका हुन्।

२०२२ मा एलन मस्कले १३८ बिलियन डलरको घाटा बेहोरेका थिए। त्यसपछि बर्नार्ड अर्नाल्ट विश्वको सबैभन्दा धनी व्यक्ति बने। मस्कले थप ९५.४ बिलियन डलर कमाएको ब्लूमबर्ग बिलियनर्स इन्डेक्समा उल्लेख छ। 

शेयरमा आएको गिरावटपछि अर्नाल्टको सम्पत्ति एलोन मस्कको भन्दा ५० अर्ब डलरले कम भएको छ। ब्लुमबर्गका अनुसार एलोन मस्कको सम्पत्ति २२९ बिलियन डलर पुगेको छ। 

यस्तै, अमेजनका संस्थापक जेफ बेजोसले आफ्नो सम्पत्तिमा ७० बिलियन भन्दा बढी थपेका छन्। यो वर्ष मेटाका संस्थापक तथा सीईओ मार्क जुकरबर्गका लागि पनि राम्रो रह्यो, उनले ८० अर्ब डलरभन्दा बढी कमाएका छन्।

यस्तै, विश्वकै धनी महिला फ्रान्सकी फ्राँस्वाज बेताँकुर मायर्सको सम्पत्ति १०० अर्ब डलर पुगेको छ। मायर्स यो उपलब्धि हासिल गर्ने विश्वकै पहिलो महिला हुन्। 

मायर्स विश्वको सबैभन्दा ठूलो कस्मेटिक कम्पनी लिओरियलको होल्डिङ कम्पनी तिथिसकी अध्यक्ष र लोरियल ग्रुपको उपाध्यक्ष हुन् ।