प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अन्य विकल्पको प्रयोग नगरी गोली चलाउन आदेश दिने प्रहरी अधिकारीलाई छानबिन पूरा नभएसम्म निलम्बन गरिएको जानकारी दिए।
काठमाडौँ– सरकारले ललितपुरको बालकुमारीमा शुक्रबार भौतिक तथा मानवीय क्षति हुने गरी भएको घटनामा लापरबाही गर्ने सुरक्षा अधिकारीलाई कारबाहीको दायरामा ल्याउने भएको छ।
शनिबार संयुक्त ट्रेड युनियन समन्वय केन्द्रको सम्मेलनमा बोल्दै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अन्य विकल्पको प्रयोग नगरी गोली चलाउन आदेश दिने प्रहरी अधिकारीलाई छानबिन पूरा नभएसम्म निलम्बन गरिएको जानकारी दिए।
रोजगार अनुमति प्रणाली (ईपीएस) कोरिया शाखाका प्रमुख र सुरक्षा अवस्थाको विश्लेषण नगरी सो क्षेत्र हुँदै भौतिक पूर्वाधार तथा यातायात व्यवस्थामन्त्री प्रकाश ज्वाला सवार सवारी साधन लैजाने सुरक्षाकर्मीलाई पनि निलम्बन गरिएको हो।
शनिबार बिहान घटनाबारे प्रधानमन्त्री दाहालले सुरक्षा अधिकारीबाट जानकारी लिएका थिए। प्रधानमन्त्रीसँगको परामर्शपछि गृहमन्त्री नारायणकाजी श्रेष्ठको निर्देशनमा उनीहरूलाई निलम्बन गरिएको हो।
ललितपुरको बालकुमारीमा शुक्रबार भएको उक्त घटनामा दुई जनाको ज्यान गएको थियो। मन्त्री ज्वाला सवार गाडीमा आगजनी भएको थियो। कोरियाली भाषा परीक्षाबाट आफूहरूलाई वञ्चित गरिएको भन्दै युवाले प्रदर्शन गरेका थिए।
सो घटनामा परी ज्यान गुमाएका व्यक्तिका परिवारलाई क्षतिपूर्तिको व्यवस्था गर्न शनिबार नै मन्त्रिपरिषद्को बैठक बोलाइएको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
