सुदूरपश्चिमले दिएको १२८ रनको लक्ष्य पछ्याएको गण्डकी प्रदेशले निर्धारित ओभरमा २ विकेट गुमाएर १०३ रन मात्रै बनाउन सक्यो।
काठमाडौँ– प्रधानमन्त्री कप टी–२० महिला क्रिकेटअन्तर्गत शनिबार भएको खेलमा सुदूरपश्चिम प्रदेशले गण्डकी प्रदेशलाई २४ रनले पराजित गरेको छ।
सुदूरपश्चिमले दिएको १२८ रनको लक्ष्य पछ्याएको गण्डकी प्रदेशले निर्धारित ओभरमा २ विकेट गुमाएर १०३ रन मात्रै बनाउन सक्यो।
गण्डकीका लागि सुमन खतिवडाले नटआउट ४९ रनको इनिङ्स खेल्दा सिमाना केसीले १९ रन जोडिन्।
यस्तै, सिर्जना पौडेलले १५ रन बनाइन् भन् कुसम गोदाले १ रनको नटआउट पारि खेले पनि जित दिलाउन असफल भइन्।
गण्डकीकी सिमना केसी रिटायर्ड हट भएकी थिइन् भने सुदूरकी ऋतु कनौजिया र कविता जोशीले एक–एक विकेट लिए।
कीर्तिपुरस्थित टियू क्रिकेट मैदानमा पहिला ब्याटिङ गरेको सुदूरपश्चिमले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १२७ रन बनाएको थियो। उसका लागि सम्झना खड्काले २६ रन बनाउँदा कप्तान ऋतुले नटआउट २१ रन बनाइन्।
यस्तै, रेवती धामी १८ रनमा रनआउट भइन् भने बिन्दु रावलले १२ रन जोडिन्। गण्डकीका लागि कुसुम गोदार र रचना चौधरीले दुई दुई विकेट लिँदा सुमन खतिवडाले एक विकेट लिइन्।
सुदूरपश्चिमले प्लेअफ खेल्ने छ भने गण्डकी भने प्रतियोगिताबाट बाहिरिएको छ। गण्डकीले यो प्रतियोगितामा १ खेलमा मात्रै जित निकालेको थियो।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
