सरकारले बालकुमारी घटनामा ज्यान गुमाएकाका परिवारलाई जनही १०/१० लाख रुपैयाँका दरले राहत उपलब्ध गराउने भएको छ।
काठमाडौँ– सरकारले ललितपुरको बालकुमारी घटनामा ज्यान गुमाएकाका परिवारलाई जनही १०/१० लाख रुपैयाँका दरले राहत उपलब्ध गराउने भएको छ।
शनिबार बालुवाटारस्थित प्रधानमन्त्री निवासमा बसेको मन्त्रिपरिषद्को आकस्मिक बैठकले सो घटनाका मृतक दैलेखका सुजन रावत र अछामका वीरेन्द्र शाहको परिवारलाई १०/१० लाख रुपैयाँका दरले राहत उपलब्ध गराउने निर्णय हो।
बालकुमार घटनाप्रति दुःख व्यक्त गर्दै मन्त्रिपरिषद् बैठकले मृतकका परिवारलाई १० लाखका दरले राहत उपलब्ध गराउने निर्णय गरिएको नेपाल सरकारका प्रवक्ता समेत रहेका सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन्। बैठकले मृतकहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोक सन्तप्त परिवारजनमा समवेदनासमेत व्यक्त गरेको छ।
बालकुमारीमा शुक्रबार भएको सो घटनामा रावत र शाहको ज्यान गएको थियो भने भौतिक पूर्वाधार तथा यातायात व्यवस्थामन्त्री प्रकाश ज्वाला सवार सवारीमा आगजनी भएको थियो। कोरियाली भाषा परीक्षाबाट आफूहरूलाई वञ्चित गरिएको भन्दै युवाले प्रदर्शन गरेका थिए।
बैठकले बालकुमार घटनामा परी घाइते भएकाहरूको सम्पूर्ण उपचार खर्च पनि सरकारले बेहोर्ने निर्णय गरेको पनि सञ्चारमन्त्री शर्माले बताइन्। उनका अनुसार पीडितलाई दिने राहतबापतको रकम अर्थ मन्त्रालयले गृह मन्त्रालयलाई निकासा दिने छ।
सो घटनामा निष्पक्ष छानबिन गरी दोषीलाई कडा कारबाही गर्न र आगामी दिनमा त्यस्ता प्रकृतिका घटना हुन नदिन पनि गृह मन्त्रालयलाई मन्त्रिपरिषद् बैठकले सचेत गराएको छ। “आगामी दिनमा यस किसिमका घटना हुन नदिन र शान्ति सुरक्षा कायम गर्न नेपाल सरकार प्रतिबद्ध रहेकाले यस घटनालाई संयमपूर्वक लिई शान्ति सुरक्षाको वातावरण बिग्रन नदिन सबैलाई आह्वान गर्ने भन्ने पनि निर्णय गरिएको छ,” उनले भनिन्।
मन्त्रिपरिषद् बैठकले आगामी दिन यस्ता घटना हुन नदिने प्रतिबद्धतासमेत जनाएको छ। मन्त्री शर्माले आगामी दिनमा त्यस्ता घटना हुन नदिने गरी सतर्कता, संयमित हुन गृह मन्त्रालय र मातहतका निकायलाई पनि बैठकले निर्देशन दिएको बताइन्।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
