शनिबार सम्पन्न भएको खेलमा धनगढी एफसीलाई पराजित गर्दै नेपाल सुपर लिगको उपाधि ललितपुर सिटीले जितेको छ।
काठमाडौँ– दोस्रो संस्करणको फ्रेन्चाइज फुटबल प्रतियोगिता नेपाल सुपर लिग (एनएसएल)को उपाधि ललितपुर सिटीले जितेको छ। शनिबार सम्पन्न खेलमा धनगढी एफसीलाई पराजित गर्दै ललितपुरले उपाधि जितेको हो।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा शुरूआती अग्रता उल्ट्याउँदै ललितपुरले धनगढीलाई ३–२ गोल अन्तरले पराजित गरेको हो।

खेलमा शुरूआती अग्रता लिएको धनगढीले त्यसलाई जोगाउन नसक्दा उपविजेता बन्न पुग्यो। धनगढी गत सिजनको पनि उपविजेता हो।
धनगढीले खेलको ३७औँ मिनेटमा आफिज ओलावालेको गोलमार्फत शुरूआती अग्रता लियो। पहिलो हाफ सकिनु अघि इमोह इजेकेलले गोल गर्दै ललितपुरलाई १–१ बराबरीमा ल्याए।
दिनेश हेम्जाले ५० औँ मिनेटमा र हमोहलले ५८औँ मिनेटमा व्यक्तिगत दोस्रो गोल गर्दै ललितपुरलाई ३–१ को स्थितिमा पुर्याए।
खेलको ७९ औँ मिनेटमा धनगढीका रिजर्ड ओसेर्ड दोहोरो पहेँलो कार्डको सामना गर्दै मैदान छोड्न बाध्य भए।
खेलको अन्तिम समयमा धनगढीका अहमद हिजाजीले एक गोल फर्काए। त्यो सान्त्वना गोल मात्र रह्यो।
ललितपुर लिग विजेता बनेसँगै ७० लाख रुपैयाँ प्राप्त गरेको छ। पहिलो संस्करणको विजेता काठमाडौँ रेजर्सले ३५ लाख रुपैयाँ पुरस्कार पाएको थियो। उपविजेता बनेसँगै धनगढीले २० लाखमा चित्त बुझायो।
शनिबार खेल चलिँदा दर्शकहरूले बालकुमारी घटनामा ज्यान गुमाएका अछाम चौरपाटी गाउँपालिका–१ का २१ वर्षीय वीरेन्द्र शाह र दैलेख महाबु गाउँपालिका–६ का २३ वर्षीय सुजन राउतप्रति श्रद्धाञ्जली व्यक्त गरेका थिए।
शुक्रबार ईपीएस कोरिया शाखा कार्यालय, बालकुमारीमा परीक्षा फाराम भर्ने विषयलाई लिएर भएको प्रदर्शनमा सुरक्षाकर्मीले चलाएको गोली लागेर उनीहरूको मृत्यु भएको थियो।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
