सप्तरी २ मा सिके राउतको अग्रता, उपेन्द्र तेस्रो नम्बरमा

सप्तरी क्षेत्र नम्बर २ मा जनमत पार्टीका अध्यक्ष चन्द्रकान्त (सिके) राउतले ६२९ मतसहित अग्रता लिएका छन्।

काठमाडौँ– सप्तरी क्षेत्र नम्बर २ मा चन्द्रकान्त (सिके) राउतले अग्रता लिएका छन्।

एक हजार २६७ मत गणना हुँदा राउतले ६२९ मत ल्याएका छन्। राउत जनमत पार्टीका अध्यक्ष हुन्। सत्ता गठबन्धनका तर्फबाट लोकतान्त्रिक समाजवादी पार्टीका उम्मेदवार रहेका जयप्रकाश ठाकुर १६९ मतसहित दोस्रो नम्बरमा छन्।

जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव तेस्रो नम्बरमा छन्। यादवले ५९ मत पाएका छन्। यो क्षेत्रमा यसअघि यादव निर्वाचित भएका थिए।