पश्चिमी वायुको प्रभाव, गण्डकी र कोशीमा हिमपातको सम्भावना

हाल सुदूरपश्चिम, कर्णाली र लुम्बिनीमा आंशिक बदली रहेको छ। साथै तराईका विभिन्न स्थानमा हुस्सु र कुहिरो लागेको छ।

काठमाडौँ– नेपालमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ।

जसका कारण सुदूरपश्चिम, कर्णाली र लुम्बिनीमा आंशिक बदली रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। साथै तराईका विभिन्न स्थानमा हुस्सु र कुहिरो लागेको छ।

दिउँसो पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रहनेछ। बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहने महाशाखाले जनाएको छ। उच्च पहाडी तथा हिमाली भूभागको थोरै स्थानमा हल्का हिमपातको सम्भावना छ।

यसैगरी, राति पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रहनेछ। गण्डकी र कोशीको उच्च पहाडी तथा हिमाली भूभागमा हल्का हिमपातको सम्भावना जनाएको छ।

देशभर चिसो बढेकाले आवश्यक सावधानी तथा सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।