निसीखोला, तमानखोला र ढोरपाटनमा यही वर्षामा केन्द्रीय लाइन बाल्ने गरी काम गरिरहेको छ। पश्चिम बागलुङका लागि गलकोटमा सबस्टेसन निर्माण भएको छ।
ढोरपाटन– नेपाल विद्युत् प्राधिकरण बागलुङ वितरण केन्द्रले जिल्लाका दुर्गम गाउँमा विद्युत् प्रसारण लाइन विस्तार तीव्र पारेको छ।
ढोरपाटन नगरपालिकाको केन्द्र बुर्तिबाङ बजारदेखि अधिकारी चौरसम्म लाइन विस्तार गरी गत माघदेखि विद्युत् सेवा शुरू गरेको थियो। बोबाङ हुँदै ढोरपाटनसम्म विस्तार हुन सकेको थिएन। अहिले बोबाङ, फल्लेखर हुँदै ढोरपाटन देउरालीसम्म पोल गाड्ने र तार टाँग्ने काम भइरहेको छ। तमानखोलामा पनि गत वर्षदेखि नै पोल गाड्न थालिएको हो। अहिले अन्तिम चरणमा पुगेको छ।
अहिले तार विस्तार गर्ने कार्य भइरहेको छ। निसीखोला क्षेत्रमा पनि बुर्तिबाङ बजारदेखि पोल गाड्ने र तार तान्ने काम तीव्र गतिमा भइरहेको छ। सदरमुकाम बागलुङ बजारसँग जोडिएका पालिकामा केही वर्ष अगाडि नै केन्द्रीय लाइन पुगे पनि पश्चिम टाढाका पालिकामा पुग्न सकेको थिएन।
विद्युत् प्राधिकरणले गत वर्षदेखि नै केन्द्रीय लाइन नपुगेका ठाउँलाई प्राथमिकतामा राखेर काम जारी राखेको छ। गाउँ–गाउँमा विद्युत् विस्तार हुन थालेपछि स्थानीय पनि हर्षित भएका छन्।
नेपाल विद्युत् प्राधिकरणले यस वर्ष निसीखोला, तमानखोला र ढोरपाटनमा केन्द्रीय लाइन बाल्ने गरी काम गरिरहेको छ। पश्चिम बागलुङका लागि गलकोटमा सबस्टेसन निर्माण भएको छ। बुर्तिबाङमा पनि १३२ किलोभोल्टको सबस्टेसन निर्माण भइरहेको छ। यस वर्ष ढोरपाटन उपत्यकासम्म केन्द्रीय लाइन पुर्याउने गरी काम भइरहेको प्राधिकरण बागलुङ शाखाका प्रमुख पवन पौडेलले बताए।
आगामी एक महिना भित्रमा बत्ती बाल्ने गरी काम भइरहेको छ। ढोरपाटन उपत्यका, निसीखोलाको देवीस्थान र तमानखोलाको बोंगादोभानमा चाँडै केन्द्रीय लाइन सञ्चालन हुने पौडेलको भनाइ छ। अघिल्लो आर्थिक वर्षमा विनियोजन भएको १४ करोड रुपैयाँबाट प्रसारण लाइन विस्तार गरिएको हो।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
