खानले सन् २०२४ फेब्रुअरी ८ मा हुने चुनावका लागि दुई स्थानबाट उम्मेदवारी दर्ता गराएका थिए। तर, त्यहाँको निर्वाचन आयोगले खानसहित उनका केही सहकर्मीको उम्मेदवारी अस्वीकृत गरेको छ।
पाकिस्तानका पूर्वप्रधानमन्त्री एवं पीटीआईका संस्थापक नेता इमरान खानको उम्मेदवारी अस्वीकृत भएको छ ।
खानले सन् २०२४ फेब्रुअरी ८ मा हुने चुनावका लागि दुई स्थानबाट उम्मेदवारी दर्ता गराएका थिए। तर, त्यहाँको निर्वाचन आयोग (ईसीपी)ले खानसहित उनका केही सहकर्मीको उम्मेदवारी अस्वीकृत गरेको हो।
यसले उनको पार्टी पीटीआईलाई ठूलो झड्का लागेको पाकिस्तानी अखबार ‘डन’ले लेखेको छ। ईसीपीका अधिकारीहरूले पाकिस्तान तहरीक–ए–इन्साफ (पीटीआई) का संस्थापक इमरान खानको दुई राष्ट्रियसभा सीट (लाहोर एनए–१२२) र मियाँवाली एनए–८९) को लागि उम्मेदवारीपत्र अस्वीकार गरेका हुन्।
उनको उम्मेदवारी दर्तामा पनि आपत्ति जनाइएको छ। इमरानका प्रस्तावक र समर्थक सम्बन्धित क्षेत्रका थिएनन्। इमरानलाई तोशाखाना मुद्दामा पाँच वर्षका लागि अयोग्य ठहर गरिएको थियो।
इमरान खान र उनका पार्टीका वरिष्ठ सहयोगी तथा पूर्व विदेशमन्त्री शाह महमूद कुरैशी मे ९ को दंगादेखि गिरफ्तारीमा छन्। पाकिस्तानको एक अदालतले मे ९ मा सैन्य प्रतिष्ठानमा भएको आक्रमणसँग सम्बन्धित नयाँ मुद्दामा कुरेशीलाई डिसेम्बर २८ मा १४ दिनको न्यायिक हिरासतमा पठाएको थियो।
कुरेशीको दुई मुलतान सिट र थारपार्कर सीटबाट गरिएको उम्मेदवारी दर्ता पनि अस्वीकार गरिएको छ। पूर्व संघीयमन्त्री तथा पीटीआई नेता हम्माद अजहरको उम्मेदवारी पत्र पनि अस्वीकृत भएको छ।
अस्वीकृत हुने अन्य नेतामा मुराद सईद, साहिबजादा सिगेबुल्लाह, डा. अमजद खान, फजल हकिम खान, मियाँ शराफत र सलीम उर रहमान छन्।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
