माघ ६ देखि १३ सम्म हुने इलाम गोल्डकपका लागि १० लाख रुपैयाँ खर्च गरेर मैदान स्तरोन्नती र बाँसको अस्थायी प्यारापेट निर्माण गरिएको छ।
फिक्कल– इलाम फुटबल खेलका लागि उर्वर भूमि मानिन्छ। लोकबन्दु गुरुङ, छिरिङ गुरुङ, नवयुग श्रेष्ठजस्ता राष्ट्रिय खेलाडीको जन्मभूमि इलाममा कतै पनि पक्की प्यारापेटसहितका स्तरीय खेलमैदान भने छैनन्।
पक्की प्यारापेटको अभावमा हरेक प्रतियोगिता सञ्चालन गर्दा आयोजकले लाखौँ खर्च गरेर बाँसको अस्थायी प्यारापेट निर्माण गर्नुपर्ने बाध्यता छ। माघ ६ देखि १३ गतेसम्म सदरमुकामस्थित ठूलो टुँडिखेलमा अन्तर्राष्ट्रिय आमन्त्रण ‘प्रथम इलाम गोल्डकप’ हुँदैछ। गोल्डकप सञ्चालनका लागि तीन हजार बढी बाँस प्रयोग गरेर अस्थायी प्यारापेट बनाउन थालिएको आयोजक रेडहर्ष फुटबल क्लबका सचिव प्रकाश घिमिरेले बताए।
सदरमुकामको खेलमैदानमा पक्की प्यारापेट नभएपछि बाँसको अस्थायी प्यारापेट निर्माण गर्नु आयोजकको बाध्यता भएको सचिव घिमिरेको भनाइ छ। इलामका अधिकांश क्षेत्रमा आयोजना हुने गोल्डकपमा बाँसको अस्थायी प्यारापेट प्रयोग गर्ने गरिएको छ। अस्याथी प्यारापेट करिब चार हजार दर्शक अटाउने क्षमताको रहेको सचिव घिमिरेले बताए। टुँडिखेलको तीन क्षेत्रतर्फ अस्थायी प्यारापेट निर्माणको काम अन्तिम चरणमा पुगेको छ।
“सदरमुकामको मुख्य बजारसँगै रहेको टुँडिखेलमा स्थायी प्यारापेट नभएकाले बाँसको अस्थायी प्यारापेट निर्माण गरिरहेका छौँ,” सचिव घिमिरेले भने, “दर्शकको सुविधाका लागि प्यारापेट निर्माणको काम ७५ प्रतिशत सकिएको छ।” मैदानको एकातर्फ जमिनको भूभाग भएकाले बाँकी तीन भागमा बाँसको अस्यायी प्यारापेट निर्माण गरिएको छ। टुँडीखेल स्तरोन्नति र प्यारापेट निर्माणका लागि १० लाख रुपैयाँ खर्च लागेको उनले बताए।
गोल्डकपमा आयोजकसहित नेपालका ‘ए’ डिभिजन क्लब र भारतका क्लब गरी आठ टोलीको सहभागिता रहने रेडहर्ष फुटबल क्लबका अध्यक्ष सांगे योल्मुले जानकारी दिए। आयोजक रेडहर्ष फुटक्बल क्लबसहित ‘ए’ डिभिजन क्लब न्युरोड टिम (एनआरटी), एकेडेमी रोयल एक्सिलेन्सा डुबाला क्यामरुन, पाँचथर युवा क्लब, झापा युनाइटेड, जागृती युवाक्लब इटहरी, बागमती युवाक्लब र भारत दार्जिलिङको सहभागिता रहनेछ। गोल्डकप विजेताले पाँच लाख र उपविजेताले तीन लाख रुपैयाँ पाउनेछन्।
यसअघि सदरमुकाममा माईभ्याली अन्तर्राष्ट्रिय आमन्त्रण गोल्डकप सञ्चालन हुँदै आएको थियो। तर, छैटौँ संस्करणपछि स्थगित भएपछि इलाम गोल्डकप शुरू हुन लागेको हो।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
