प्रतितोला २०० रुपैयाँले घट्यो सुनको मूल्य

नेपाल सुनचाँदी व्यावसायी महासंघका अनुसार आइतबार छापावाल सुन एक लाख २० हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ।

काठमाडौँ– नेपाली बजारमा आइतबार सुनको मूल्य प्रतितोला २०० रुपैयाँले घटेको छ। 

नेपाल सुनचाँदी व्यावसायी महासंघका अनुसार आइतबार छापावाल सुन एक लाख २० हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ। यस्तै, तेजाबी सुन एक लाख १९ हजार ९०० रुपैयाँ तोकिएको छ। 

शुक्रबार छापावाल सुन एक लाख २० हजार ७०० रहेको थियो। तेजाबी सुन एक लाख २० हजार १०० थियो।

यसैगरी, चाँदीको मूल्यमा भने घटबढ भएको छैन। चाँदी प्रतितोला एक हजार ४५५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।