पहरामा १६० वटा फलामे नटबोल्ट गाडिएका छन्। त्यही नटबोल्टमा झुन्डिएर आरोहण गर्न सकिन्छ।
तनहुँ– बन्दीपुर गाउँपालिका–४ बिमलनगरस्थित चुनपहरा चट्टान आरोहणका लागि पर्यटकको रोजाइमा पर्न थालेको छ।
कुनै बेलामा बाँदर कुद्ने भीरमा अहिले चट्टान आरोहणका लागि पर्यटक आउने गरेका छन्। यसबाट आम्दानी पनि हुन थालेको छ।
पहरामा २०६० सालदेखि आरोहण शुरू भएको थियो। तर, प्रचारको अभावमा पर्यटक आउन सकेका थिएनन्। पहरामा १६० वटा फलामे नटबोल्ट गाडिएका छन्। त्यही नटबोल्टमा झुन्डिएर आरोहण गर्न सकिन्छ। आन्तरिक एवं बाह्य पर्यटक गरी हालसम्म एक लाखभन्दा बढीले चट्टान आरोहण गरिसकेको बिमलनगर सिद्धगुफा विकास समितिका अध्यक्ष लालकुमार श्रेष्ठले जानकारी दिए।
यस पहरामा आरोहणका लागि शुल्क १०० रुपैयाँ कायम गरिएको छ। विदेशी तथा स्वदेशी पर्यटक चट्टान आरोहण गर्न यस स्थानमा पुग्न थालेका छन्। पहरामा २८ वटा रुटको व्यवस्था गरिएको बिमलनगर सिद्धगुफा विकास समितिले जनाएको छ। एकै पटकमा २८ जनाले चट्टान आरोहण गर्न सक्छन्।
“यही पुस २० गतेदेखि नेपाली र जापनिज एक एक टोली चट्टान आरोहणका लागि आउने भएको छ,” उनले भने, “नेपाली सेना, सशस्त्र र कमान्डो तालिम गर्ने बाहेक अन्यलाई शुल्क लिने गरिएको छ।” पृथ्वी राजमार्ग बिस्तारका क्रममा चुनपहरा भत्काउन लागेपछि स्थानीयको पहलमा पहरा सुरक्षित गरिएको हो।
राजमार्ग चार लेनको बनाउँदा पनि चुनपहरालाई कुनै असर नपर्ने गरी व्यवस्था गरिएको अध्यक्ष श्रेष्ठले बताए। मर्स्याङ्दी नदी किनारबाट पर्खाल लगाएर सडकको मापदण्ड पूरा गर्न लागिएको उनको भनाइ छ।
“चट्टान आरोहणका लागि प्रशिक्षणस्थल समेत रहेको यस पहरा भत्काएको खण्डमा अहिले भइरहेका साहसिक पर्यटकीय गतिविधि रोकिने हुनाले स्थानीयको पहलमा संरक्षण गरिएको हो,” अध्यक्ष श्रेष्ठले भने।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
