कोशीले अब फाइनल प्रवेशका लागि एलिमिनेटरको विजेतासँग खेल्नेछ। एलिमिनेटर खेलमा आइतबार दिउँसो बागमती र सुदूरपश्चिमबीच प्रतिस्पर्धा हुनेछ।
काठमाडौँ– नेपाल एपिएफ क्लबले प्रधानमन्त्री कप महिला टी२० क्रिकेटको फाइनलमा पुगेको छ।
आइतबार भएको पहिलो क्वालिफायरमा कोशीलाई ५२ रनले पराजित गर्दै एपीएफ उपाधि नजिक पुगेको हो।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा १४० रनको विजयी लक्ष्य पछ्याएको कोशीले निर्धारित २० ओभरमा ४ विकेट बनाउँदै ८७ रन मात्रै बनाउन सक्यो।
कोशीकी अप्सरी बेगमले ४८ बलमा ३१, रुविना क्षेत्रीले २६ बलमा २२ र लकिता राजवंशीले १४ रनको योगदान दिए। अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन्।

एपीएफका रेखा रावल, सोनु खड्का, सुमन विष्ट र सीता रानामगरले समान १–१ विकेट लिइन्।
एपीएफको जितमा इन्दु बर्माले अर्धशतकीय इनिङ्स खेलिन्। उनी ५० बलमा ३ चौका र १ छक्कासहित ५६ रनमा अविजित रहिन्। कप्तान सीता रानामगरले ३७ बलमा ४५, रोमा थापाले १६ बलमा १८ तथा ज्योती पाण्डेले १७ बलमा १२ रन बनाइन्।
कोशीकी रुविना क्षेत्रीले १ विकेट लिइन्। कोशीले अब सोमबार फाइनल प्रवेशका लागि एलिमिनेटरको विजेतासँग खेल्नेछ।
एलिमिनेटर खेलमा आइतबार दिउँसो बागमती र सुदूरपश्चिमबीच प्रतिस्पर्धा हुनेछ। फाइनल खेल बुधबार हुनेछ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
