जिल्लाका छवटै स्थायीय तहका पीडितलाई पहिलो किस्ताबापत २५ हजारका दरले रकम प्रदान गरिएको छ।
त्रिवेणी– कात्तिक १७ गते राति जाजरकोटको रामीडाँडा केन्द्रबिन्दु भएर गएको भूकम्पले क्षति पुर्याएको रुकुम पश्चिममा २० हजार लाभग्राहीले अस्थायी आवास निर्माणका लागि पहिलो किस्ता प्राप्त गरेका छन्।
जिल्लाका छवटै स्थायीय तहका पीडितलाई पहिलो किस्ताबापत २५ हजारका दरले रकम प्रदान गरिएको हो। जिल्ला विपद् व्यवस्थापन कोषबाट २३ हजार ६०८ लाभग्राहीका लागि पहिलो किस्ताबापतको रकम पठाइएको थियो। बाँकीलाई पनि केही दिनमा नै प्रदान गरिने सहायक प्रमुख जिल्ला अधिकारी प्रवेश बढुवालले जानकारी दिए।
उनका अनुसार हालसम्म सबैभन्दा बढी आठबिसकोट नगरपालिकामा सात हजार लाभग्राहीले रकम प्राप्त गरेका छन्। बाँफीकोट गाउँपालिकामा प्रमुख प्रशासकीय अधिकृत नहुँदा कुनै पनि लाभग्राहीले पहिलो किस्ता प्राप्त गर्न सकेका छैनन्।
त्यस्तै चौरजहारी नगरपालिकामा पाँच हजार ९३८, मुसिकोट नगरपालिकामा २११, सानीभेरी गाउँपालिकामा चार हजार ४९९ र त्रिवेणी गाउँपालिकाका दुई हजार ६९ लाभग्राहीले पहिलो किस्ताबापत रकम पाएका छन्।
जिल्ला विपद् व्यवस्थापन कोषबाट भने ५९ करोड दुई लाख रुपैयाँ स्थानीय विपद् जोखिम न्यूनीकरण कोषमा पठाइएको छ। जिल्लाभर हालसम्म २६ हजार ८०५ लाभग्राहीको लगत संकलन भएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
