काठमाडौँको टुँडिखेलसहित देशका विभिन्न ठाउँमा तमहरूले मौलिक भेषभुषामा सजिएर परम्परागत नाचगान तथा विभिन्न सांस्कृतिक कार्यक्रम आयोजना गरी ल्होसारको खुशियाली साटासाट गरेका छन्।
काठमाडौँ– विभिन्न कार्यक्रम आयोजना गरी गुरुङ समुदायले तमु ल्होसार मनाएका छन्।

विशेष गरी नेपालका हिमाली र उच्च पहाडी भेगमा बसोबास गर्ने गुरुङ समुदायले तमु ल्होसार पर्वलाई नयाँ वर्ष शुरू भएको अवसरका रूपमा मनाउँछन्। उनीहरूले पुरानो वर्षलाई बिदाइ र नयाँ वर्षलाई स्वागत गर्दै हर्षोल्लासका साथ ल्होसार पर्व मनाउने गर्छन्।

‘ल्हो’को अर्थ वर्ष र ‘सार’को अर्थ फेरिनु भएकाले वर्ष फेरिने दिनलाई गुरुङ समुदायले ‘तमु ल्होसार’ पर्वका रूपमा मनाउने गरेका छन्।

गुरुङ बाहुल्य रहेका लमजुङ, गोरखा, तनहुँ, स्याङ्जा, मनाङ, कास्की, पर्वत लगायतका जिल्लामा पुस १५ गते यो पर्व मनाउने गरिन्छ भने तामाङ र शेर्पा जातिको बसोबास भएको क्षेत्रमा माघ र फागुनमा ल्होसार मनाइने गरिएको छ।

काठमाडौँको टुँडिखेलसहित देशका विभिन्न ठाउँमा मौलिक भेषभुषामा सजिएर तमुहरूले परम्परागत नाचगान तथा विभिन्न सांस्कृतिक कार्यक्रम आयोजना गरेर ल्होसारको खुशियाली साटासाट गरेका छन्।

यसैबीच तमु ल्होसार २०८० को अवसरमा काठमाडौँको खुलामञ्चमा आयोजित महोत्सव उद्घाटन गर्दै प्रधानमन्त्री पुष्पकमल दाहालले ल्होसारजस्ता मौलिक चाडपर्वहरूले नेपालीबीच सामाजिक एकता, सद्भाव, धार्मिक सहिष्णुता र राष्ट्रिय एकता मजबुत बनाउने बताए।

संविधानले विविधतामा आधारित राष्ट्रिय एकता र पहिचानलाई संस्थागत गर्दै बहुजातीय, बहुभाषिक, बहुधार्मिक र बहुसांस्कृतिक विशेषता एवं भौगोलिक विविधतालाई राष्ट्रियताको मेरुदण्डका रूपमा आत्मसात् गरेको उल्लेख गर्दै उनले नेपालका सबै संस्कृतिको एकीकृत स्वरूप नै नेपालको राष्ट्रिय संस्कृति रहेको बताए।

उनले देशको विशेषता र मौलिकताको आत्मसात्सहित संघीय लोकतान्त्रिक गणतन्त्रको सौन्दर्यलाई स्थापित गर्नु सबैको साझा जिम्मेवारी भएको भनाइ राखे।


Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
