आवासीय भवन, अस्पताल धार्मिक स्थल, सपिङ मल आदिलाई लक्षित गरी इजरायली सेनाले गाजा क्षेत्रमा २९ हजार बम खसाएका छन्।
इजरायली सेनाको बम आक्रमणबाट गाजा क्षेत्रमा ७० प्रतिशत घरहरू ध्वस्त भएका छन्। विगत झन्डै तीन महिनादेखिको आक्रमणका कारण गाजा क्षेत्रमा २०० भन्दा धेरै सम्पदा तथा पुरातात्विक महत्वका स्थल पनि ध्वस्त भएका 'वाल स्ट्रीट जर्नल'ले जनाएको छ।
गाजामा रहेका ४ लाख ३९ हजार आवासमध्ये तीन लाख आवासमा पूर्ण क्षति पुगेको जर्नलको रिपोर्टमा उल्लेख छ। अन्तरिक्षबाट लिइएका तस्वीरहरूको विश्लेषण गरेर यो तथ्याँक निकालिएको हो। जर्नलका अनुसार आवासीय भवन, अस्पताल, धार्मिक स्थल, सपिङ मल आदिलाई लक्षित गरी इजरायली सेनाले गाजा क्षेत्रमा २९ हजार बम खसाएका छन्। त्यहाँका ठूलाठूला अस्पताल, ऐतिहासिक सम्पदा आदि पुनर्निर्माण गर्नै नसकिने गरी नष्ट भएका छन्।
यस आक्रमणलाई आधुनिक इतिहासमै विनाशकारी आक्रमण मानिएको छ। सन् २०१२ देखि ०१६ का बीच सिरियाको एलोप्पो शहर, युक्रेनको मारिउपोल तथा दोस्रो विश्वयुद्धमा जर्मनीमा भएको बमबारीले पारेको क्षतिभन्दा गाजामा धेरै क्षति पुगेको हवाई बम बिस्फोटको इतिहासका जानकार तथा सिकागो विश्वविद्यालयका राजनीतिक वैज्ञानिक राेबर्ट एन्थोनी पेप बताउँछन्। दोस्रो विश्वयुद्धका बेला अमेरिकाका पक्ष राष्ट्रले जर्मनीका विभिन्न ५१ शहरमा आक्रमण गर्दा ४० देखि ५० प्रतिशत क्षेत्र ध्वस्त पारेको उनको भनाइ छ।
पेप भन्छन्, "गाजामा भइरहेको आक्रमण सर्वसाधारणलाई यातना भएको इतिहासकै क्रुर घटना हो, यो अहिले सम्मको सबैभन्दा विनाशकारी बम विस्फोट अभियानहरूको शीर्ष चारमा पर्छ।"
गत अक्टोबर ७ मा प्यालेस्टिनी लडाकु समूह हमासले इजरायलमा आक्रमण गरेपछि दुई पक्षबीच युद्ध शुरू भएको थियो। हमासको आक्रमणबाट इजरायली भूमिमा १२ सय जनाकाे ज्यान गएको थियो। त्यसपछि प्रतिआक्रमणमा उत्रेको इजरायल हमासलाई प्यालेस्टिनी भूमि गाजाबाट निर्मूल नपारेसम्म नछाड्ने अठोटमा छ। तर त्यसको असर गाजाका सर्वसाधारण नागरिकलाई भइरहेको छ।
इजरायली सेनाको आक्रमणबाट अहिलेसम्म गाजामा ४१ हजार ५०० भन्दा धेरै प्यालेस्टिनी नागरिकको मृत्यु भइसकेको छ भने ५५ हजार भन्दा धेरै घाइते भएका हमास शासित गाजाको स्वास्थ्य मन्त्रालयले जनाएको छ। मन्त्रालयका अनुसार मृत्यु हुनेमध्ये ३० प्रतिशत भन्दा धेरै बालबालिका रहेका छन्।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
