एपीएफसँग पराजित कोशीले फाइनलको यात्राका लागि दोस्रो क्वालिफायरमा सुदूरपश्चिमसँग सोमबार प्रतिस्पर्धा गर्ने भएको छ।
काठमाडौँ– प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगिताको दोस्रो क्लालिफायरमा कोशी र सुदूरपश्चिम प्रदेश भिड्ने भएका छन्।
कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा आइतबार एपीएफले पहिलो क्वालिफायरमा कोशी प्रदेशमाथि ५२ रनको सहज जित हात पार्दा बागमती प्रदेशमाथि सुदूरपश्चिम ९ विकेटले विजयी भयो।
एपीएफसँग पराजित कोशीले फाइनलको यात्राका लागि दोस्रो क्वालिफायरमा सुदूरपश्चिमसँग सोमबार प्रतिस्पर्धा गर्ने तय भएको हो।
आइतबारको पहिलो खेलमा एपीएफले दिएको १४० रनको लक्ष्य पछ्याएको कोशीले २० ओभरमा चार विकेट गुमाउँदै ८७ रन मात्र बनाउन सक्यो।
कोशीकी कप्तान रुविना क्षेत्रीले २६ बलमा २४ रन जोड्दा अप्सरी बेगमले ४८ बलमा ३१ रन जोडिन्। लकिता राजवंशीले १४ रन बनाइन्। एपीएफका सोनु खड्का, रेखा रावल, सुमन विष्ट र कप्तान सीता रानामगरले समान एक/एक विकेट लिए।
त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको एपीएफले निर्धारित २० ओभरमा दुई विकेट गुमाउँदै १३९ रनको योगफल बनायो।
एपीएफकी इन्दु बर्मा ५६ रनमा अविजित रहिन्। कप्तान सीताले ४५ रन जोड्दा रोमा थापा १८ रनमा अविजित रहिन्। कोशीको बलिङमा रुविनाले एक विकेट लिइन्।
दोस्रो खेलमा बागमतीले दिएको १०० रनको लक्ष्य सुदूरपश्चिमले १४.३ ओभरमा मात्र एक विकेट गुमाएर पूरा गर्यो। बिन्दु रावलले ५४ रन र सम्झना खड्काले २१ रनको अविजित इनिङ्स खेल्दै सुदूरपश्चिमलाई सहज जित दिलाए।
रुवी पोदारले १८ रनको योगदान दिइन्। बागमतीका लागि मनिषा उपाध्यायले एक विकेट लिइन्।
त्यसअघि टस जितेर ब्याटिङ गरेको बागमती १९ ओभरमा ९९ रनमा समेटियो। बागमतीका कञ्चन श्रेष्ठले ३६, सोनी पाख्रिनले १४ तथा हेलिशा गुरुङ र खुशी डंगोलले समान १० रन बनाए।
सुदूरपश्चिमको बलिङमा करिस्मा थापाले तीन तथा लक्ष्मी साउद र कप्तान ऋतु कनोजियाले समान दुई/दुई विकेट लिए।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
