यस्तो छ सोमबारको माैसम पूर्वानुमान

माैसम पूर्वानुमान महाशाखाका अनुसार हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ।

काठमाडाैँ– हाल कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहेको छ। साथै तराईका अधिकांश स्थानहरूमा हुस्सु र कुहिरो लागेको अवस्था छ।

सोमबार दिउँसोस् देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी  भूभागमा मौसम सामान्यतया सफा रहने माैसम पूर्वानुमान महाशाखाले जनाएको छ। कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागको एक/ दुई स्थानमा स्थानमा हल्का हिमपातको सम्भावना पनि रहेको छ।

यस्तै, राति पहाडी भेगमा आंशिक बदली रही बाँकी भागमा मौसम सामान्यतया सफा रहनेछ। कोशी र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भेगको एक/दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

माैसम पूर्वानुमान महाशाखाका अनुसार हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ।