मतपेटिका बोकेर सदरमुकाम पुर्याउन कम्तीमा तीन दिन लाग्ने जिल्ला निर्वाचन कार्यालय प्रमुख विष्णुप्रसाद न्यौपानेले बताए।
काठमाडौँ- हेलिकोप्टर नपाइएपछि मुगुका विकट गाउँगाउँबाट मतपेटिका बोकेर सदरमुकाम पुर्याइने भएको छ।
पहिरोका कारण मुगुका सबैजसो सडकहरू अवरुद्ध छन्। दुई साता अघिदेखि नै जिल्ला निर्वाचन कार्यालयले जिल्लास्थित नेपाली सेनासँग मतपेटिका ओसार्न हेलिकप्टर मागेको थियो।
मतपेटिका बोकेर सदरमुकाम पुर्याउन कम्तीमा तीन दिन लाग्ने जिल्ला निर्वाचन कार्यालय प्रमुख विष्णुप्रसाद न्यौपानेले बताए। “हामीले मतपेटिका ओसार्न नेपाली सेनासँग हेलिकोप्टर मागेका थियौँ। तर, हुम्ला पहिलो, डोल्पा दोस्रो र मुगुलाई तेस्रो प्राथमिकतामा राखियो। हेलिकोप्टर कुर्दा समय लाग्ने भएपछि हामीले मतपेटिका बोकेर सदरमुकाम पुर्याउने निर्णय गरेका छौँ”, उनले भने।
मतपेटिका बोक्नका लागि म्यादी र नेपाल प्रहरी खटिनेछन्। गाउँगाउँबाट मतपेटिका बोकेर सदरमुकाम पुर्याउनु पर्ने भएपछि मुगुमा मतगणना शुरू हुन कम्तीमा तीन दिन लाग्ने न्यौपानेले बताए। मुगुमा सत्ता गठबन्धनका तर्फबाट नेपाली काँग्रेसका ऐनबहादुर कार्की र नेकपा एमालेका राजु कार्की प्रतिनिधिसभा सदस्यका लागि प्रतिस्पर्धामा छन्।
गत आम चुनावमा वाम गठबन्धनबाट नेकपा एमालेबाट गोपालबहादुर बमले १३०३४ मत सहित नेपाली काँग्रेसका हस्तबहादुर मल्लले जितेका थिए।
यो निर्वाचन क्षेत्रमा छायानाथ रारा नगरपालिका छ भने खत्याड गाउँपालिका, मुगुमकार्मा रोंग गाउँपालिका, सोरू गाउँपालिका गरी ३ गाउँपालिका छन्।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
