इस्वी संवत्को नयाँ वर्ष शुरू भएको छ। यस दिन नेपाली टोपी दिवस पनि मनाउने गरिन्छ।
काठमाडाैँ– इस्वी संवत्को नयाँ वर्ष शुरू भएको छ। नयाँ वर्षको अवसरमा विश्वका विभिन्न ठाउँसहित नेपालमा पनि विभिन्न कार्यक्रम भइरहेका छन्। विदेशी पर्यटकको भिडभाड हुने काठमाण्डौको ठमेल, पोखरा, सौराहा, लुम्बिनीलगायत ठाउँमा विशेष कार्यक्रम आयोजना गरिएका छन्।
जिजस क्राइस्टलाई फाँसी दिएपछि इस्वी संवत् अर्थात् सन्को शुरूआत भएको मानिन्छ। पोप ग्रेगोरीले जुलियन पात्रो अनुसारको सन्लाई प्रतिस्थापन गर्दै अहिले प्रचलनमा आएको पात्रोलाई चलाएकाले यसलाई ग्रेगोरियन पात्रो अनुसारको नयाँ वर्ष पनि भनिन्छ। जुलियन पात्रो शासक जुलियस सिजरले प्रचलनमा ल्याएका थिए।
यस्तै, इस्वी संवत्को नयाँ वर्षको दिन नेपाली टोपी दिवस पनि मनाइँदै आएको छ। मुलुकमा पश्चिमा संस्कृतिको प्रभाव बढ्दै गएको भन्दै केही युवाहरूले विक्रम संवत् २०७० सालदेखि ’टोपी दिवस’ मनाउने अभियान थालेका थिए। पछि सामाजिक सञ्जालमा यसको चर्चासँगै दिवसका रूपमा स्थापित भएको छ। जंगबहादुर राणाकी बहिनी डम्बरकुमारीले आफ्ना दाजुलाई खुशी पार्न पहिलो पटक टोपी बनाएर उपहार दिएको संस्कृतविद्को भनाइ छ। विशेषतः भाद्गाउँले टोपी र ढाका टोपीलाई नेपाली टोपीका रूपमा लिने गरिन्छ।
पुस १७ लाई राष्ट्रिय पोसाक दिवसका रूपमा पनि मनाइँदै आएको छ। 'मेरो शान,मेरो पहिचान,राष्ट्रिय पोशाक संरक्षण महाअभियान' भन्ने मूल नारा लिएर विसं २०७० साल पौष १७ गतेदेखि काभ्रेपलाञ्चोकको बनेपाबाट शुरूआत गरिएको राष्ट्रिय पोसाक दिवस नेपालमा मात्र नभई विश्वभरि छरिएर रहेका नेपालीहरूले हरेक वर्ष पौष १७ गते मनाउँदै आइरहेका छन्। संयोगले यो वर्ष टोपी दिवस र पोसाक दिवस एकै दिन पर्न गएको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
