८३ वर्षीया मार्गरेट डेनमार्कको इतिहासमा सबैभन्दा लामो समय शासन गर्ने महारानी हुन्। उनले सन् १९७२ मा आफ्नो बुबा राजा फ्रेडरिक नवाैँको मृत्युपछि शासन ग्रहण गरेकी थिइन्।
डेनमार्ककी महारानी मार्गरेट द्वितीयले राजगद्दती त्याग्ने घोषणा गरेकी छन्। ५२ वर्षदेखि राजगद्दीमा बसेकी महारानी मार्गरेटले आइतबार नयाँ वर्षको टेलिभिजन सम्बोधनमा आफ्नो त्यागको घोषणा गरेकी हुन्।
राजगद्दी सम्हालेको ५२ वर्ष पुगेको दिन जनवरी १४ मा उनले पद त्याग्ने घोषणा गरेकी छन्। उनको स्थानमा उनका छोरा क्राउन प्रिन्स फ्रेडरिक आउने बीबीसीले जनाएको छ। ८३ वर्षीया मार्गरेट डेनमार्कको इतिहासमा सबैभन्दा लामो समय शासन गर्ने महारानी हुन्। उनले सन् १९७२ मा आफ्नो बुबा राजा फ्रेडरिक नवाैँको मृत्युपछि शासन ग्रहण गरेकी थिइन्।
सन् २०२३ को शुरूमा ढाडको शल्यक्रियापछि आफूले आराम खोजेको उनको भनाइ छ। धेरै विचारविमर्शपछि यो निर्णय गरिएको उनले खुलासा गरिन्। "आउने पुस्तालाई जिम्मेवारी दिने बेला आएको छ, त्यसैले यो निर्णय लिएको छु," टेलिभिजनको सम्बाेधनमा उनले भनिन्, "डेनिस जनतालाई वर्षौंदेखि उनीहरूको समर्थनको लागि धन्यवाद।"
प्रधानमन्त्री मेटे फ्रेडरिकसेनले रानीलाई उनको सेवाको लागि धन्यवाद दिएका छन्। एक विज्ञप्तिमार्फत उनले भने, "सम्पूर्ण जनताको तर्फबाट, म महारानीलाई उनको जीवनभरको समर्पण र राज्यको निम्ति गरेको अथक प्रयासको लागि हार्दिक धन्यवाद व्यक्त गर्न चाहन्छु।"
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
