जनमत पार्टीको विद्यार्थी संगठनको आयोजनामा भएको कार्यक्रममा अध्यक्ष राउतसहित नेता कार्यकर्ता धोती लगाएर प्रदर्शनमा उत्रिएका थिए।
काठमाडाैँ– काठमाडौँको माइतीघरमा धोती दिवस मनाउन जम्मा भएका जनमत पार्टीका अध्यक्ष एवम् सांसद सीके राउतसहितलाई प्रहरीले पक्राउ गरेको छ।
धोती दिवस मनाउन माइतीघरमा जम्मा भएका सांसद राउतसहित ५१ जना पक्राउ परेको जिल्ला प्रहरी परिसर काठमाडाैँका एसएसपी भुपेन्द्र खत्रीले बताए। जनमत पार्टीको विद्यार्थी संगठनको आयोजनामा भएको कार्यक्रममा अध्यक्ष राउतसहित नेता कार्यकर्ता धोती लगाएर प्रदर्शनमा उत्रेका थिए।

उनीहरूलाई प्रहरीले धरपकड गर्दै नियन्त्रणमा लिएको हो। प्रहरी र जनमतका कार्यकर्ताबीच धकेलाधकेल समेत भएको थियो। सरकारले माइतीघरसहित वरपरको क्षेत्रलाई निषेधित क्षेत्र घोषणा गरेको छ। निषेधित क्षेत्रमा प्रदर्शन गरेको भन्दै प्रहरीले उनीहरूलाई पक्राउ गरेको एसएसपी खत्रीले बताए।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
