काठमाडौँ-४ः गगन र राजनबीच कडा प्रतिस्पर्धा

प्रारम्भिक चरणमा गनिएका १५११ मतमध्ये थापाले ६६८ मत प्राप्त गरेका छन् भने भट्टराईले ६३३ मतका साथ उनलाई टक्कर दिइरहेका छन्। 

काठमाडौँ- काठमाडौँ-४ को प्रारम्भिक परिणामअनुसार नेपाली कांग्रेसका गगन कुमार थापा र नेकपा एमालेका राजन भट्टराईबीच कडा प्रतिस्पर्धा देखिएको छ। 

प्रारम्भिक चरणमा गनिएका १५११ मतमध्ये थापाले ६६८ मत प्राप्त गरेका छन् भने भट्टराईले ६३३ मतका साथ उनलाई टक्कर दिइरहेका छन्। 

त्यस्तै, राष्ट्रिय प्रजातन्त्र पार्टीले ६५ मत प्राप्त गरेको छ। अन्य पार्टीले भने ४७ मत पाएका छन्।