सोमबार बिहान माइतीघरमा धोती दिवस मनाउन जम्मा भएका जनमत पार्टीका अध्यक्ष एवम् सांसद सीके राउतसहित ५१ जना प्रदर्शनकारीलाई प्रहरीले पक्राउ गरेको थियो।
काठमाडाैँ– नेपाली कांग्रेसका महामन्त्री तथा सांसद गगनकुमार थापाले माइतीघरमा लगाइएको निषेधाज्ञा तत्काल हटाउन माग गरेका छन्। सोमबार सिंहदरबारमा बसेको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै उनले गृहमन्त्री नारायणकाजी श्रेष्ठसँग यसबारे माग गरेका हुन्।
उनले माइतीघरलाई निषेधित क्षेत्र तोक्नुको कुनै औचित्य नरहेको बताए। सोमबार बिहान माइतीघरमा धोती दिवस मनाउन जम्मा भएका जनमत पार्टीका अध्यक्ष एवम् सांसद सीके राउतसहित ५१ जना प्रदर्शनकारीलाई प्रहरीले पक्राउ गरेको थियो। उक्त क्षेत्रलाई निषेध गरेर बल प्रयोग गर्दै प्रदर्शनकारीलाई हटाइनु लोकतान्त्रिक नभएको थापाको भनाइ छ।
उहाँले भन्नुभयो, ‘माईतीघरको निषेधित क्षेत्र हटाइदिनुस्। यसको पनि कारण छ। हेर्दा सामान्य लाग्छ। आज धोती जुलुस भयो, पोल्टिकल स्टेटमेन्ट हो। उहाँहरूले सरकारले सुन्छ भनेर माइतीघरमा देखाउन खोज्नुभएको हो। हिजो हामीले त्यही गरेको हो। तर अहिले माइतीघरलाई निषेधित क्षेत्र बनाइसकेपछि बल प्रयोग गर्नुपरेको छ। हाम्रो डेमोक्रेसीमा हामीले एउटा ठाउँ बनाएको हो। त्यसलाई यसरी निषेध गरिनु हुँदैन।"
यस्तै, बालकुमारी घटनाको विषयमा उनले भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाको लापरबाही देखिएको बताएका छन्। आन्दोलनबारे थाहा हुँदाहुँदै पनि आन्दोलन भइरहेको बाटोबाट सवारी गर्नु लापरबाही भएको उनको भनाइ छ। साथै उनले यस घटनाबारे श्रममन्त्री पनि जिम्मेवार हुनुपर्ने बताए।
उनले भने, "ईपीएसका परीक्षार्थीहरूले साउनदेखि विरोध गरेका हुन्। मंसिरदेखि त निरन्तर आन्दोलन भइरहेको छ। त्यसैले श्रममन्त्रीको विषय पनि यहाँ छ। यो महत्वपूर्ण छ। साउनदेखिको विषयमा जानकारी राख्नुभयो की भएन। ईपीएस कार्यालयमा समस्या भयो, भइरहेको छ। त्यो बेलामा पोल्टिकल लिडरसिप भनेको के हो? श्रममन्त्रीको जिम्मेवारी होइन यो?"
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
