संसदीय समितिले बालकुमारी घटनामा श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री र भौतिक पूर्वाधार तथा यातायातमन्त्रीको भूमिकाका सम्बन्धमा छुट्टै छानबिन गर्न सरकारलाई निर्देशन दिएको छ।
काठमाडौँ– प्रतिनिधिसभाअन्तर्गतको संसदीय समितिले बालकुमारी घटनामा श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री र भौतिक पूर्वाधार तथा यातायातमन्त्रीको भूमिकाका सम्बन्धमा छुट्टै छानबिन गर्न सरकारलाई निर्देशन दिएको छ।
सोमबार सिंहदरबारमा बसेको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकले श्रममन्त्री शरत्सिंह भण्डारी र भौतिक पूर्वाधारमन्त्री प्रकाश ज्वालाको भूमिकाका बारेमा छुट्टै छानबिन गर्न सरकारलाई निर्देशन दिएको हो।
बैठकका निर्णय सुनाउँदै समिति सभापति रामहरि खतिवडाले भने, “उक्त घटना हुन श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, भौतिक पूर्वाधार यातायात मन्त्रालयका मन्त्रीको भूमिकाका बारेमा शुद्ध छानबिन गर्न निर्देशन दिने। यस प्रकारका घटना अब आइन्दा नहोस् भनी सबै पक्ष सजग रहन नेपाल सरकार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र गृह मन्त्रालयलाई निर्देशन दिने।”
पुस १३ गते ईपीएस भाषा परीक्षाको विषयलाई लिएर भएको प्रदर्शनका क्रममा दैलेखका सुजन रावत र अछामका वीरेन्द्र शाहको मृत्यु भएको थियो। सो विषयलाई लिएर सोमबार राज्य व्यवस्था समितिले गृहमन्त्री नारायणकाजी श्रेष्ठ र प्रहरी महानिरीक्षक (आईजीपी) वसन्तबहादुर कुँवर लगायतसँग छलफल गरेको थियो।
समितिले मृत्यु भएका परिवारलाई थप क्षतिपूर्ति दिन, उनीहरूका परिवारलाई रोजगारीका अवसर उपलब्ध गराउने व्यवस्था गर्न सम्बन्धित मन्त्रालयहरूलाई निर्देशन दिएको छ।
बालकुमारी घटनामा जोडिएका तल्लो तहका कर्मचारीलाई मात्र निलम्बन गर्ने र अरू उम्किने अवस्था सिर्जना हुन नदिई र काम गर्नेहरूको मनोबल नगिर्ने गरी समस्याको न्यायोचित समाधान गर्न प्रधानमन्त्री र मन्त्रिपरिषद्को कार्यालयलाई र गृह मन्त्रालयलाई निर्देशन दिएको छ। सभापति खतिवडाले समितिले सुरक्षा निकायलाई आवश्यक स्रोतसाधन पर्याप्त उपलब्ध गराउन पनि निर्देशन दिएको बताए।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
