नेप्से ८.७५ अंकले घट्यो, चार अर्ब ४८ करोडको कारोबार

सोमबार सीईडीबी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेड र चिर्खुवा हाइड्रोपावर लिमिटेडको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ।

काठमाडौँ– नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा सामान्य अंकको गिरावट देखिएको छ। सोमबार नेप्से परिसूचक ८.७५ अंकले घटेर २०६०.१५ को बिन्दुमा कायम भएको छ।

सोमबार विभिन्न ३०६ कम्पनीको एक करोड १८ लाख ९२ हजार ५५९ कित्ता शेयर एक लाख दुई हजार ९०५ पटक खरिद बिक्री हुँदा चार अर्ब ४८ करोड ३९ लाख ८२ हजार ४६१ बराबरको कारोबार भएको छ।

सोमबारको कारोबारपछि बैंकिङ समूहको उपसूचक ०.०१, विकास बैंक ०.१०, लगानी र उत्पादन तथा प्रशोधन समूह समान १.०७ र व्यापार समूह ०.४५ अंकले बढेको छ। जलविद्युत् समूहको उपसूचकमा सबैभन्दा धेरै १.७२ प्रतिशतको गिरावट देखिएको छ।

त्यस्तै, वित्त ०.८०, होटल तथा पर्यटन १.६७, जीवन बीमा १.५८, लघुवित्त ०.१५, म्युचुअल फन्ड ०.३१, निर्जीवन बीमा ०.७५ र अन्य समूह ०.३२ प्रतिशतले घटेको छ।

सीईडीबी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेड र चिर्खुवा हाइड्रोपावर लिमिटेडको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ। सबैभन्दा धेरै गुमाउनेमा भने मोलुङ हाइड्रोपावर कम्पनीको शेयर मूल्य ८.०९ प्रतिशतले घटेको छ।

कारोबार रकमका आधारमा सबैभन्दा धेरै शिवम् सिमेन्ट लिमिटेडको २० करोड १३ लाख ७३ हजार ६६२ बराबरको कारोबार भएको छ। कारोबार भएका शेयर संख्याका आधारमा भने मोनापुर मिनरल्स एन्ड आयल लिमिटेडको चार लाख ३७ हजार २७ कित्ता शेयर किनबेच भएको छ।