जनमत पार्टीका अध्यक्ष सीके राउतले मन्त्री र सांसदलाई जुनसुकै बेला पक्राउ गर्ने सरकारले जनतालाई कस्तो स्वतन्त्रता दिएको होला? भन्दै प्रश्न गरे।
काठमाडौँ– माइतीघरबाट पक्राउ परेका संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री अनिता देवी, जनमत पार्टीका अध्यक्ष सीके राउतलगायतलाई प्रहरीले चार घण्टापछि छाडेको छ।
सोमबार दिउँसो गृहमन्त्री नारायणकाजी श्रेष्ठ आफैँ नेपाल प्रहरी क्लब भृकुटीमण्डप पुगेर उनीहरूलाई छुटाएका हुन्। गृहमन्त्री श्रेष्ठले आफूहरूबाट भएको कमीकमजोरी स्विकार्दै आफ्नै उपस्थितिमा सबै आन्दोलनकारीलाई रिहाइ गराएको जनमत पार्टीका प्रवक्ता शरदसिंह यादवले जानकारी दिए।
अंग्रेजी महिनाको जनवरी १ तारिखको अवसर पारेर ‘धोती दिवस’ मनाउन भन्दै जनमत पार्टीका नेता–कार्यकर्ताहरू सोमबार बिहान ‘धोती दिवस’ लेखिएको ब्यानरसहित नारा लगाउँदै माइतीघर पुगेका थिए। निषेधित क्षेत्रमा भेला हुन खोजेपछि प्रहरीले उनीहरूलाई हटाउन खोजेको थियो। सो क्रममा प्रहरीसँग उनीहरूको धकेलाधकेलसमेत भएको थियो।
प्रहरीको नियन्त्रणबाट मुक्त भएपछि सञ्चारकर्मीसँग कुरा गर्दै जनमत पार्टीका अध्यक्ष राउतले आफूहरूले निषेधित क्षेत्र नतोडेको, उल्टै बबरमलस्थित कला परिषद्बाटै प्रहरीले आफूमाथि धरपकड गरेको जिकिर गरे। उनले मन्त्री र सांसदलाई जुनसुकै बेला पनि समात्ने सरकारले जनतालाई कस्तो स्वतन्त्रता दिएको होला? भन्दै प्रश्नसमेत गरे।
उनले यो विषयबारे संसद् र समितिमा प्रस्ताव लैजाने बताए। मधेशकेन्द्रित पार्टीको मन्त्री भएकै कारण सामान्य प्रशासनमन्त्री देवीलाई पक्राउ गरिएको उनको टिप्पणी छ। अन्य प्रदेशबाट प्रतिनिधत्व गर्ने मन्त्री तथा पार्टीका अध्यक्षलाई यसरी नै पक्राउ गरेर देखाउन उनले प्रहरी प्रशासनलाई चुनौती दिए। उनले आफू संयम भएको नत्र सरकारले देखाएको दम्भका कारण देशमा आगो बल्न सक्ने टिप्पणी गरे। “संयम लिएको हो, उहाँहरूको दम्भ देखाएअनुसार देशभर आगो बल्थ्यो। आफ्नै सरकारले आफ्नै मन्त्री कतै पक्राउ गर्छ?” उनले भने।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
