पर्यटक नआएपछि यहाँका होटल पनि बन्द भएका छन्। केही स्थानीय सदरमकाम फुङ्लिङ झरेका छन् भने कोही काठमाडौँ पुगेका छन्।
फुङ्लिङ– चिसो बढेसँगै विश्वको तेस्रो अग्लो कञ्चनजंघा हिमालको अवलोकन गर्ने पर्यटक घटेका छन्।
चिसो बढेपछि एक सातायता फाट्टफुट्ट मात्रै पर्यटक आएको पर्यटन व्यवसायी पेमा शेर्पाले बताए। पर्यटक नआएपछि यो क्षेत्र सुनसान बनेको छ।
पर्यटक नआएपछि यहाँका होटल पनि बन्द भएका छन्। केही स्थानीय सदरमकाम फुङ्लिङ झरेका छन् भने कोही काठमाडौँ पुगेका छन्।
कञ्चनजंघा पदमार्गका घुन्सा, फले, ग्याब्लालगायत स्थानमा विगतमा यस समय हिमपात भइसक्थ्यो। तर यस वर्ष भने हिउँ परेको छैन। चियो प्रारम्भ हुनुअघिसम्म कञ्चनजंघा क्षेत्रमा पर्यटकको उल्लेखनीय आगमन भएको थियो।
कञ्चनजंघा संरक्षण क्षेत्र व्यवस्थापन परिषद्का कर्मचारी टासी तेन्जिङ शेर्पाका अनुसार असोजदेखि पुस सम्म विभिन्न देशका ७६० जना पर्यटकले कञ्चनजंघा क्षेत्रको भ्रमण गरे। आन्तरिक पर्यटकको आगमन पनि उल्लेख्य थियो।
शेर्पाले भने, “कोरोना महामारीपछि पहिलोपटक यो वर्ष आन्तरिक तथा बाह्य पर्यटक धेरै आएका छन्।”
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
