बझाङमा डोजर पल्टिँदा चालकको मृत्यु

पुरानो बसपार्कबाट जयपृथ्वी नगरपालिका कार्यालयतर्फ गइरहेको डोजर दुर्घटना हुँदा चालक प्रकाश कठायतको मृत्यु भएको छ।

चैनपुर– बझाङ सदरमुकाम चैनपुर नजिक डोजर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ।

सोमबार राति पुरानो बसपार्क छेउमा भएको दुर्घटनामा चालक बित्थडचिर गाउँपालिका–६ का ३० वर्षीय प्रकाश कठायतको मृत्यु भएको हो।

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी दीपेश चौधरीका अनुसार बसपार्कबाट जयपृथ्वी नगरपालिका कार्यालयतर्फ गइरहेको डोजर दुर्घटना भएको हो।

“सडकबाट करिब २० मिटर तल खसेको र चालक कठायत सिटमुनि च्यापिँदा घटनास्थलमै मृत्यु भएको भेटियो,” उनले भने।  

मृतक कठायतको शव पोस्टमार्टमका लागि जिल्ला अस्पताल लगिएको छ।