इंग्लिस प्रिमियर लिगमा लिभरपुलको शानदार जित

जितसँगै २० खेलबाट ४५ अंक जोडेको लिभरपुलले शीर्षस्थानमा ३ अंकको अग्रता बनाएको छ। दोस्रो स्थानको एस्टन भिल्लाको समान खेलबाट ४२ अंक छ। 

काठमाडौँ– इंग्लिस प्रिमियर लिग फुटबलमा सोमबार राति लिभरपुलले शानदार जित हासिल गरेको छ।

घरेलु मैदान एनफिल्डमा लिभरपुलले न्युक्यासललाई ४–२ ले पराजित गरेको हो। लिभरपुलको जितमा मोहम्मद सलाहले २ गोल गरे। यस्तै, कर्टिस जोन्स र कोडी गाक्पोले १–१ गोल गरे।

न्युक्यासलका अलेक्जेन्डर इसाक र स्भेन बोटमानले गोल गरे। जितसँगै २० खेलबाट ४५ अंक जोडेको लिभरपुलले शीर्षस्थानमा ३ अंकको अग्रता बनाएको छ। दोस्रो स्थानको एस्टन भिल्लाको समान खेलबाट ४२ अंक छ। 

म्यानचेस्टर सिटी र आर्सनलको‌ समान ४० अंक छ। सिटीले १९ र आर्सनलले २० खेल खेलेका छन्। न्युक्यासल २९ अंकसहित नवौँ स्थानमा छ।