प्राधिकरणले पाँच करोड रुपैयाँभन्दा बढी बक्यौता रहेका २३ उद्योगको विद्युत् लाइन काटिसकेको छ। बक्यौता रहेका अन्य उद्योगको पनि क्रमशः काट्दै जाने अडानमा प्राधिकरण छ।
काठमाडौँ– नेपाल विद्युत् प्राधिकरणले डेडिकेटेड तथा ट्रंकलाइनको बक्यौता रकम ६० किस्तासम्म तिर्न सक्ने व्यवस्था गरेको छ।
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्ति बहादुर बस्नेतको अध्यक्षतामा सोमबार साँझ बसेको प्राधिकरण सञ्चालक समिति (बोर्ड)को बैठकले बक्यौता रकम भुक्तानी गर्न किस्ताबन्दीको व्यवस्थालाई बढाएको हो।
प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले जति महिनाको छुट बिल जारी गरिएको हो त्यति नै महिनाको वा बढीमा ६० महिनासम्म किस्ताबन्दीको सुविधा दिने विशेष व्यवस्था बोर्डबाट गरिएको जानकारी दिए।
लोडसेडिङका बेला डेडिकेटेड फिडर र ट्रकंलाइनबाट बिजुली उपभोग गरेर पनि त्यसको प्रिमियम नतिरेको भन्दै प्राधिकरणले पुस ६ यता २३ उद्योगको लाइन काटीसकेको छ।
प्राधिकरणका अनुसार सर्वसाधारण उपभोक्ताले विगतमा दैनिक १७/१८ घण्टासम्म लोडसेडिङ बेहोरिरहेको बेला २३९ औद्योगिक, व्यापारिक र गैह्र व्यापारिक ग्राहकले डेडिकेटेड फिडर तथा ट्रंक लाइनमार्फत २० घण्टाभन्दा बढी बिजुली उपभोग गरिरहेका थिए। प्राधिकरणका अनुसार डेडिकेटेड तथा ट्रंक लाइनबाट विद्युत् उपभोग गरेको कुल ६१ उपभोक्ताको २०८० मंसिर मसान्तसम्म २२ अर्ब २४ करोड बक्यौता छ।
यसमध्ये प्राधिकरणले पाँच करोड रुपैयाँभन्दा बढी बक्यौता रहेका २३ उद्योगको विद्युत् लाइन काटिसकेको छ। बक्यौता रहेका अन्य उद्योगको पनि क्रमशः काट्दै जाने अडानमा प्राधिकरण छ। डेडिकेटेड र ट्रंक लाइनबाट विद्युत् माग गर्दै निवेदन नै नदिएका उद्योगलाई समेत प्राधिकरणले एकै पटक अतिरिक्त महसुलको बिल पठाएको भन्दै उद्योगीले यो रकम नतिर्ने अडान राखेका छन्। लोडसेडिङ अन्त्यपछि पनि डेडिकेटेड र ट्रंक लाइनबाट विद्युत् उपयोग गरेको भन्दै बिल पठाएको र त्यो तिर्न नसकिने उद्योगीको भनाइ छ।
यसैबीच, बारा–पर्सा औद्योगिक करिडोरअन्तर्गत परवानीपुरमा रहेको हिमाल आइरन एन्ड स्टिलले बक्यौता रकम तिर्न शुरू गरेको छ। आठ करोड १२ लाख रुपैयाँ बक्यौतामध्ये सोमबार पहिलो किस्ताबापत २७ लाख १० हजार रुपैयाँ बुझाएको प्राधिकरण, वितरण तथा ग्राहक सेवा निर्देशनालयका उपकार्यकारी निर्देशक मनोज सिलवालले जानकारी दिए।
उद्योगले बक्यौताको पहिलो किस्ता बुझाएपछि सोमबार राति ९: १५ बजे उद्योगको लाइन जोडिएको उल्लेख उनले बताए। प्राधिकरणले उक्त उद्योगको लाइन शुक्रबार काटेको थियो।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
