रौतहटमा ट्यांकरले अटोलाई ठक्कर दिँदा २ भारतीयको मृत्यु

मृत्यु हुनेमा भारतको सितामाढी जिल्लाका ३५ वर्षीय पिंकु सिंह र २२ वर्षीय अवधेश झा छन्।

काठमाडौँ– रौतहटमा ट्यांकरले अटोलाई ठक्कर दिँदा दुई जना भारतीयको मृत्यु भएको छ। 

मंगलबार राति पूर्व–पश्चिम राजमार्गअन्तर्गत चिडियादह चोकमा सर्लाही जाँदै गरेको प्रदेश २–०३–००१ ख १९२७ नम्बरको तेल बोक्ने ट्यांकरले पूर्वतर्फ आउँदै गरेको ज १ ह ४४८५ नम्बरको अटोलाई ठक्कर दिँदा अटोमा सवार दुई जनाको मृत्यु भएको हो। 

मृत्यु हुनेमा भारतको सितामाढी जिल्लाका ३५ वर्षीय पिंकु सिंह र २२ वर्षीय अवधेश झा रहेको इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरले जनाएको छ। 

दुवै नयाँ वर्ष मनाउन चन्द्रपुर–१ स्थित बागमतीको नुनथर आएका थिए। प्रहरीले ट्यांकर चालक दुर्गा भगवती–६ गंगापिपराका २६ वर्षीय प्रवीण साहलाई नियन्त्रणमा लिएको छ।