जापानमा भूकम्पमा परी मृत्यु हुनेको संख्या ३० पुग्यो

जापानको इशिकावा प्रान्तमा सोमबार ७.६ म्याग्निच्युडको भूकम्प गएको थियो। भूकम्पपछि दिइएको सुनामीको चेतावनी भने जोखिम घटेपछि हटाइएको छ।

मध्यजापान र आसपासका क्षेत्रमा शक्तिशाली भूकम्प गएपछि मृत्यु हुनेको संख्या ३० पुगेको छ। 

राष्ट्रिय समाचार एजेन्सी क्योडोका अनुसार भूकम्पबाट सबैभन्दा बढी प्रभावित इशिकावा प्रान्तमा भवन भत्किँदा र आगलागी हुँदा कम्तीमा ३० जनाको छ। 

क्षतिको थप विवरण र फसेका व्यक्तिको बारेमा जानकारी आउने क्रम जारी रहेको बताइएको छ। 

जापानका प्रधानमन्त्री फुमियो किशिदाले भूकम्पबाट प्रभावितको उद्धारलाई दुःखविरुद्धको लडाइँ भनेका छन्। सरकारले प्रभावित क्षेत्रमा केही आत्मरक्षा बल पठाएको र सहयोग जारी राख्ने उनको भनाइ छ। 

सोमबार इशिकावा प्रान्तको नोटो प्रायद्वीपमा ७.६ म्याग्निच्युडको भूकम्प गएको थियो। जापान मौसम विज्ञान एजेन्सीले आधिकारिक रूपमा यसलाई सन् २०२४ मा नोटो प्रायद्वीप भूकम्पको नाम दिएको छ।

सोमबारयता कम्तीमा १५५ भूकम्प गएको जापानको मौसम विज्ञान कार्यालयले जनाएको छ।