कथाकार गोपाल अश्कको कथासंग्रह ‘कालो गुलाफ’ र विनयराज गौतमको ‘मृत्युको छहारीमा’ सार्वजनिक भएका छन्।
काठमाडौँ– नेपाली भाषाका दुई वटा कथासंग्रह विमोचन गरिएको छ।
काठमाडौँका आयोजित कार्यक्रमबीच कथाकार गोपाल अश्कको ‘कालो गुलाफ’ र विनयराज गौतमको ‘मृत्युको छहारीमा’ विमोचन गरिएको हो।
कालो गुलाफमा १५ र मृत्युको छहारीमामा ११ वटा कथा समेटिएका छन्। लघुकथा समाज नेपालको आयोजनमा समाजका उपाध्यक्ष तुलसीहरी कोइरालाको अध्यक्षतामा विमोचन कार्यक्रम भएको हो।
कार्यक्रमका प्रमुख अथिती कथा समालोचक प्राध्यापक डा. दयाराम श्रेष्ठले अश्कका कथाभित्र द्वन्द्व विषयवस्तुदेखि मधेश आन्दोलनको प्रभाव र तराईका हरिया फाँट र अन्नबालीको सुगन्ध मिसिएको बताए। उनले कथा जगत्मा पहिलो संग्रह लिएर आएका कथाकार गौतमलाई पनि शुभकामना दिए।
ओरिएन्टल पब्लिकेसनले प्रकाशन गरेको दुईवटै पुस्तकले नेपालको कथा साहित्यमा नयाँ विषयवस्तुलाई पस्किन सफल हुने कोइरालाले विश्वास व्यक्त गरे। लेखक अश्कले मातृभाषाको प्रभाव मानिसको व्यक्तित्व र कृति दुवैमा कुनै न कुनै स्वरूपमा उजागर भइरहने बताए। आफ्नो कथामा भोजपुरी परिवेश देखा पर्ने उनले बताए।
‘मधेशमा बस्ने र धेरैजसो कालो वर्णका हुने नेपाली उतिकै सम्मानजनक नागरिक हुन् जति केन्द्रीय सत्तामा रहेका समुदायका व्यक्तिहरू छन्’ भन्ने भाव कालो गुलाफका कथामा पाइने उनले बताए। कथाकार गौतमले आफूले मधेशमा बसेको र भोगेको फरक–फरक अनुभूतिलाई नै कथामा उतार्ने प्रयास गरेको बताए।
कालो गुलाफ कथासंग्रहमा कथा समालोक ज्ञानु अधिकारी र मृत्युको छहारीमा कथासंग्रहमा प्राध्यापक डा. कुमार कोइरालाले प्रकाश पारेका थिए। साहित्यकार लक्ष्मीप्रसाद गौतम, भाषा आयोगका सदस्य तथा कथाकार मातृकाप्रसाद पाखरेल र नेपाल स्रष्टा समाजका अध्यक्ष श्रीओम श्रेष्ठलगायतले शुभकामना राखेका थिए।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
