माओवादी केन्द्रका प्रवक्ता अग्नि सापकोटा प्रधानमन्त्री पुष्पकमल दाहाल आवश्यकताअनुसार मन्त्रिमण्डल पुनर्गठन गरी सरकारका कामलाई प्रभावकारी बनाउने योजनामा रहेको बताउँछन्।
काठमाडौँ– सत्तारुढ दल नेकपा माओवादी केन्द्रले प्रधानमन्त्री पुष्पकमल दाहाल आवश्यकताअनुसार मन्त्रिमण्डल पुनर्गठन गरी सरकारका कामलाई प्रभावकारी बनाउने योजनामा रहेको बताएको छ।
मंगलबार पेरिसडाँडास्थित माओवादी केन्द्रको केन्द्रीय कार्यालयमा ‘जनतासँग माओवादी विशेष रूपान्तरण अभियान’को समापनका लागि आयोजित पत्रकार सम्मेलनमा पार्टीका प्रवक्ता एवं उपाध्यक्ष अग्नि सापकोटाले प्रधानमन्त्री दाहालका पछिल्ला अभिव्यक्तिले पुनर्गठनका लागि तयारी गरिरहेको भन्ने बुझिने बताएका हुन्।
गठबन्धन सरकार भएकाले गठबन्धनमा राम्रोसँग समझदारी गरेर मात्रै निष्कर्षमा पुग्ने प्रधानमन्त्रीको तयारी रहेको उनको भनाइ छ। “प्रधानमन्त्रीको अभिव्यक्ति बुझ्दा आवश्यक पर्दा पुनर्गठनका लागि तयारी गर्दै छु भन्ने छ। गठबन्धन सरकार भएको हुनाले गठबन्धनमा राम्रो समझदारी गरेर मात्रै निष्कर्षमा पुग्नुपर्छ भन्ने लागेको छ,” उनले भने।
प्रवक्ता सापकोटाले प्रधानमन्त्री दाहालले ठोस समीक्षा गरे टुंगोमा पुग्ने पनि बताए। “उहाँले आफ्नो धारणा दिशा निर्देशका लागि भनिरहनुभएको छ। त्यसकै आधारमा छलफल चल्छ र के गर्ने भन्ने टुंगोमा पुग्छ,” उनले भने।
प्रवक्ता सापकोटाले जनतासँग विशेष रूपान्तरण अभियानका लागि निर्धारण गरिएका लक्ष्य र उद्देश्यमा आफूहरू सफल भएको दाबी गरे। उनले अभियानले टोल कमिटीदेखि समिति गठन/पुनर्गठन गरिएको, कार्यकर्ताहरूमा जागृति ल्याएको, जनतामा आशा पलाएको र अभियानले चुनावको बेलामा मात्रै नभई माओवादी अरू बेलामा पनि आउँदा रहेछन् भन्ने आशा पलाएको जिकिर गरे।
उनले अभियानले पुराना नेताहरू पार्टीमा फर्किएको र पार्टीमा प्रवेश गर्नेहरूको संख्यामा वृद्धि हुँदै जान उल्लेखनिय भूमिका खेलेको बताए। पार्टीमा नयाँ आशा र उत्साह पैदा भएको उनको भनाइ छ। अभियानले सदस्यता नवीकरण तीव्रताका साथ अघि बढाउन भूमिका खेलेको बताए।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
