जापानको राजधानी टोकियोको हानेदा विमानस्थलमा अवतरणका क्रममा जापान एयरलाइन्सको एउटा विमानमा आगलागी भएको छ।
काठमाडौँ– जापान एयरलाइन्सको एउटा विमानमा अवतरणका क्रममा आगलागी भएको छ। जापानको राजधानी टोकियोको हानेदा विमानस्थलमा मंगलबार कोस्ट गार्डको विमानसँग ठोक्किएर जापान एयरलाइन्सको विमानमा आगलागी भएको हो।
विमानमा सवार ३७९ यात्रु र चालक दलका सदस्यलाई सकुशल उद्धार गरिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्।
जापानको सरकारी सञ्चारमाध्यम एनएचकेले प्रसारण गरेका भिडियो फुटेजमा उद्धारकर्मीहरूले आगो नियन्त्रण गर्ने प्रयास गरिरहेको देख्न सकिन्छ। भिडियो फुटेजमा विमानबाट धुवाँ र आगो निस्किरहेको र घटनास्थलमा धेरै दमकलमार्फत आगो नियन्त्रण लिने प्रयास गरिरहेको देखिन्छ।
कोस्ट गार्डले आफ्नो एउटा विमान यात्रुवाहक विमानसँग ठोक्किएको बारेमा अनुसन्धान गरिरहेको जनाएको छ।
जापान एयरलाइन्सका प्रवक्ताले उक्त विमान उत्तरी टापु होक्काइडोको शिन चिटोस विमानस्थलबाट उडेको बताएका छन्। घटनापछि हानेदाले सबै धावनमार्ग बन्द गरिएको विमानस्थलका प्रवक्ताले जनाएका छन्।
जापान एयरलाइन्सको फ्लाइट नम्बर ५१६ को विमान स्थानीय समयअनुसार १६:०० मा शिन चिटोस विमानस्थलबाट प्रस्थान गरेको थियो भने १७:४० मा हानेदामा अवतरण गर्ने तालिका थियो।
“हामी हाल क्षतिको विवरण मूल्यांकन गरिरहेका छौँ,” एयरलाइन्सको भनाइ उद्धृत गर्दै एनएचकेले उल्लेख गरेको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
