सप्तरी-२ः सीके राउतको अग्रता कायमै, उपेन्द यादव दोस्रोमा

यादवलाई प्रतिपक्षी गठबन्धनको समर्थन रहेको छ भने ठाकुरलाई सत्ता गठबन्धनको समर्थन छ। 

काठमाडौँ- सप्तरी-२ मा जनमत पार्टीका सीके राउतले प्रारम्भिक अग्रता कायम राखेका छन्। 

अद्यावधिक मत परिणामअनुसार राउतले  १०२० मत प्राप्त गरेका छन्।

त्यस्तै, जनता समाजवादी पार्टीका उपेन्द्र यादवले ४५२ मत पाएका छन्। 

लोकतान्त्रिक समाजवादी पार्टीका जयप्रकाश ठाकुरले भने  ३०८ मत प्राप्त गरेका छन्। 

यादवलाई प्रतिपक्षी गठबन्धनको समर्थन रहेको छ भने ठाकुरलाई सत्ता गठबन्धनको समर्थन छ।