जापानको इशिकावा प्रान्तमा गएको भूकम्पमा परी मृत्यु हुनेको संख्या ४८ पुगेको छ।
मध्य जापानको इशिकावा प्रान्तमा गएको भूकम्पमा परी मृत्यु हुनेको संख्या ४८ पुगेको छ।
इशिकावा, निगाता, फुकुई, टोयामा र गिफु प्रान्तमा थुप्रै व्यक्ति घाइते भएको बताइएको छ। प्रधानमन्त्री फुमियो किशिदाले मंगलबारको पत्रकार सम्मेलनमा मृतकको संख्या ४८ पुगेको जानकारी गराएका हुन्।
उनले भूकम्पले अझै धेरै हताहत भएको हुन सक्ने बताए। उनले उद्धारमा समस्या भइरहेको उल्लेख गरे। बढी क्षति भएका क्षेत्रमा करिब एक हजार उद्धारकर्ताहरू खटाइएको छ। सेनाले आवासविहीन भएकाहरूलाई खाना, पानी र कम्बल लगायतका सामग्रीहरू हस्तान्तरण गरिरहेको छ।
अमेरिकी राष्ट्रपति जो बाइडेनले आवश्यक सहयोग गर्न तयार रहेको बताएका छन्। स्थानीय समयअनुसार सोमबार बेलुका जापानको मध्य क्षेत्रमा ७.५ म्याग्निच्युडको भूकम्प गएको थियो। सोमबारयता जापानमा कम्तिमा १५५ वटा भूकम्पका धक्का महसुस गरिएको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
