बेरुतको दक्षिणी उपनगर दहियाहमा इजरायलले गरेको ड्रोन आक्रमणमा हमासका उपप्रमुख सोलह अल अरौरीसहित सात जनाको मृत्यु भएको छ।
इजरायली सेनाको आक्रमणमा हमासका उपप्रमुख सोलह अल अरौरीको मृत्यु भएको छ।
मंगलबार राति लेबनानी लडाकु समूह हिजबुल्लाहको गढ बेरुतको दक्षिणी उपनगर दहियाहमा आक्रमण गर्दा अरोरी मारिएको इजरायली सेनाले जनाएको छ।
लेबनानको राष्ट्रिय समाचार एजेन्सीले हमासको कार्यालयमा ड्रोनले आक्रमण गरेको जनाएको छ। हमास र लेबनानको सुन्नी इस्लामी जमाआ इस्लामिया समूहबीचको बैठकलाई लक्षित गरिएको आक्रमणमा चार प्यालेस्टिनी र तीन लेबनानीको मृत्यु भएको समाचार संस्था रोयटर्सले जनाएको छ।
हमासले अक्टोबर ७ मा इजरायलमा गरेको घातक हमलापछि प्यालेस्टिनी क्षेत्रबाहिर इजरायलले प्यालेस्टिनी समूहका अधिकारीलाई लक्षित गरी हत्या गरेको यो पहिलो घटना हो।
हमासले अरौरीको हत्याको पुष्टि गर्दै कासम ब्रिगेडका अधिकारी समीर फिन्डी अबू आमेर र अजाम अल–अक्रा अबु अम्मर पनि मारिएको बताएको छ। साथै यसको बदला लिने पनि हमासले चेतावनी दिएको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
